कडा हातका लागि घरेलु उपचार

एजेन्सी – अनुहारको हेरचाहमा बढी समय खर्चने हामी धरैले आफ्नो हातलाई भने बिर्सन्छौ । र, यसले गर्दा हात कडा हुन्छ । हातलाई नरम बनाउनको लागि तपाई यी घरेलु तरिका अपनाउनुहोन्  ।

१. हातलाई नरम बनाउनुहोस्: सामान्यतया हामीहरु आफ्नो अनुहारको हेरचाहको तुलानामा शरीरका अरु अंगलाई बिर्सन्छौ । यसको सबैभन्दा नराम्रो असर हातखुटामा पर्न जान्छ । तपाई आफ्ना खुटा त छोप्न सक्नुहुन्छ तर हात सबैको अगाडी हुन्छ र जब तपाई कसैसंग हात मिलाउनुहुन्छ तब तपाईको हात कडा हुनाले तपाईको छविमा नकारात्मक असर पर्न जान्छ । यसकारण आफ्ना हात नरम बनाउनुहोस र हातको रंग पनि बदल्नुहोस । आउनुहोस हामी तपाइलाई केहि घरेलु उपचारका बारेमा बताउँछौ यी तरिकाहरु अपनाई हात नरम बनाउन सकिन्छ ।

                                                                                                                                          २. कागतीको रस र दुध : प्राय हामी सबैको घरमा कागती र दुध सजिलै पाईन्छ । थोरै दुध उमाल्नुहोस र यसलाई केहि समय चिसो हुनलाई छाड्नुहोस् चिसो भएपछि त्यसमा थोरै ग्लिसिरिन र कागतीको रस मिसाउनुहोस । अब यस मिश्रणलाई आधा घण्टाको लागि राम्रोसंग राख्नुहोस । केहि समयपछि त्यो मिश्रणलाई राम्रोसंग आफ्नो हातमा लगाई मालिस गर्नुहोस । केहि दिनसम्म यसो गर्नाले हातको छालाको रंग नरम हुन्छ ।

३ .नरिवलको तेल  : नरिवलको तेल कपालका साथसाथै हातको लागि पनि अतिराम्रो हुन्छ । हातमा नरिवलको तेलका केहि थोपा लगाई मालिस गर्नुहोस । नरिवलको तेल सुत्नु भन्दा पहिला आफ्नो हातमा लगाएर सुत्नुहोस ,बिहान तपाईको हात नरम हुन्छ ।

४ .मह लगाउनुहोस : मह एउटा मसाज क्रिम हो । यसले छाला नरम बनाउँछ । आधा बोक्रा फालेको आलु , ३ चम्चा मह र केहि चम्चा दुध लिउनुहोस । यी सबलाई राम्रोसंग मिलाई आफ्नो हातमा र गोलीगाँठोमा लगाई १५ मिनेटसम्म छाडनुहोस र केहि समयपछि पानीले धुनुहोस् ।

 

प्रकाशित : सोमबार, माघ १०, २०७३१७:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अध्ययन भन्छ, ‘खुलेर हाँस्नुस् स्लिम बन्नुस्’