अध्ययन भन्छ, ‘खुलेर हाँस्नुस् स्लिम बन्नुस्’

एजेन्सी – वैज्ञानिकहरुका अनुसार तपाई खुलेर हाँस्दा त्यति क्यालरी खर्च हुन्छ जति तपाई हल्का हिंड्दा खर्च हुन्छ जीवविज्ञान तथा डा.हेलेन पिचरले हाँस्य कलाकार र उनीहरुको शरीरमा पर्ने प्रभाव बारेमा अध्यायन गरेकी थिइन् ।

त्यो अध्यायनको नतिजाअनुसार भुईमा लडेर पेट मिचिमिची अनियन्त्रित भई हाँस्नाले १२० क्यालरी प्रति घण्टा शक्ति प्रयोग हुन्छ । जुन शक्ति मध्य गतिमा हिँड़दा प्रयोग हुन्छ । खित्का छाडेर हास्नाले प्रतिघण्टा १०० क्यालरी बराबरको शक्ति खर्च हुन्छ र बाहिर नदेखाई भित्रभित्रै मुसुमुसु हाँस्दा २० क्यालरी प्रति घण्टा प्रयोग हुन्छ । राम्रोसंग खुलेर हासेको हाँसोले तपाईको पेटलाई नियन्त्रण गर्न सहयोग गर्छ । जब तपाई घरमा टि.भी.मा कमेडी कार्यक्रम हेर्दा तपाईको पेटको कसरत भईरहेको हुन्छ ।

वैज्ञानिकका अनुसार इन्टरनल अब्लिक भन्ने पेटको मांसपेशी सीक्स प्याक बनाउन जिम्मेवार हुन्छ र त्यसको कसरत पेटको क्रन्चिङ भन्दा हाँसोबाट बढी हुने गर्छ । खुलेर हाँस्नाले रक्तसंचार प्रक्रियालाई पनि प्रभावकारी बनाउँछ र मुटुका मांसपेशीको पनि कसरत गराउँछ । डा. पिचर भन्छिन ,’तपाई कमेडी हेर्दाहेदै आफ्नो तौल आफै घटाउन सक्नुहुन्छ । यदि तपाई केहि खादै कार्यक्रम हेदै हुन् हुनुन्छ भने तपाइको तौल घट्दैन । म आफै पनि हाँस्य कार्यक्रम हेरी स्वस्थ र फिट भएको महसुस गर्छु ।

एक हाँस्य कार्यक्रम प्रस्तोता तटि टिमान्द्रा हार्कनेस भन्छन ,हाँस्नु कसरतको कुनै बिकल्प होइन तर जब तपाई आफ्नो कसरतलाई नियमित बनाउनुहुन्छ तब खुलेर हास्नुस जसले गर्दा तपाइको शरीर स्वस्थ राख्न सहयोग गर्छ ।

 

प्रकाशित : सोमबार, माघ १०, २०७३१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हातको छाला नराम्रो भएकै कारण देखाउन लाज मान्नुहुन्छ भने अपनाउनुहोस् यो घरेलु उपाय