यसरी घरमै अण्डाको मास्क (फेस प्याक) बनाएर लगाउनुस्, अनि पाउनुहोस् यस्तो आश्चर्यजनक परिणाम

एजेन्सी – तपाइँलाई छालासम्बन्धि केही समस्या छ ? यदि छ भने आज हामी यसकै उपायबारे जानकारी दिन्छौं ।

शक्तिशाली र प्रभावशाली फेस मास्कको प्रयोग छालासम्बन्धि समस्याको लागि फाईदाजनक छ । साथै यसले ब्ल्याकहेड्स ( छालामा आउने स–सानो कालो रौंहरु ) हटाउनको लागि पनि मद्धत गर्दछ । हामी छालामा हुने समस्या समाधानको लागि धेरै महङ्गा सौन्दर्य प्रशाधनको प्रयोग गरी आफ्नो पैसा र समय दुबै खर्च गर्ने गर्दछौं । यस फेस मास्कले छालासम्बन्धि सबै समस्यालाई समाधान गर्दछ । र यस मास्कमा छालालाई नरम बनाउने गुण हुन्छ । जस्ले गर्दा छालाबाट दागहरु हट्नुको साथै छाला राम्रो र नरम बन्दछ । र तपाइँले यसलाई घरमा तयार गर्न सक्ने हुनाले पैसाको पनि बचत हुन्छ । यस फेस मास्कलाई बनाउन धेरै सजिलो छ । यसको लागि तपाइँले निम्न निर्देशनलाई अपनाउन जरुरी छ । :

बनाउने विधि :

सामाग्रीहरु :
१. २ वटा कचौरा
२. १ वटा अण्डा
३. पेपर नेपकिन                                                                                                                  ४. १ वटा काटा चम्चा                                                                                                            ५. कैंची

विधि : आफ्नो ईच्छाअनुसार अनुहारको गाला , निधार , आँखाको तल ,चिउंडो आदि अनुहारको जुनसुकै भागमा लगाउन सकिने हुनाले यसै आधारमा सबैभन्दा पहिले आवश्यक मात्रामा पेपर नेपकिन लाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि अण्डाको सेतोे भागलाई पहेंलो भागबाट छुट्याउनुहोस् । त्यसपछि अण्डाको सेतो भागलाई एउटा कचौरामा हालेर काटा चम्चाको मद्दतले राम्ररी फिट्नुहोस् । र आफ्नो अनुहारमा लगाई यसको माथि पेपर नेपकिनलाई हाल्नुहोस् । त्यसपश्चात ३० मिनेटसम्म वा पेपर नेपकिन सुख्खा नभएसम्म त्यसै छोड्नुहोस् । यसपश्चात सावधानीपूर्वक पेपर नेपकिनलाई निकाल्नुहोस् । र मन्तातो पानीले आफ्नो मुख धुनुहोस् । अण्डाको सेतो भागले अनुहारको ब्ल्याकहेड्स ( छालामा आउने स–सानो कालो रौंहरु ) र अनुहारको मैलोलाई हटाउन मद्धत गर्दछ ।

त्यसपछि अण्डाको पहेंलो भागलाई अर्को कचौरामा हालेर राम्ररी फिटेर अनुहारमा डल्नुहोस् । र यसलाई १० मिनेटसम्म त्यसै छोडेर पखाल्नुहोस् । यसपछि अनुहारमा आएको परिवर्तनलाई तपाइँ आफैले देख्नसक्नुहुन्छ ।

प्रकाशित : सोमबार, माघ १०, २०७३१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कडा हातका लागि घरेलु उपचार