काँक्रोले घटाउँछ ७ दिनमै ७ किलो तौल

बिगुल स्वास्थ्य , काँक्रोलाई अङ्ग्रेजीमा ककम्बर भनिन्छ । हामी यसको प्रयोग खाना वा खाजासँग गर्ने गर्दछौं । तपाइँलाई आज हामी काँक्रोको प्रयोग आहार योजना बनाई गरेमा ७ दिनमै ७ किलो तौल घटाउन सक्ने उपायबारे जानकारी दिन्छौं । काँक्रोको प्रयोग निम्नानुसार सुची बनाई गर्नुहोस् । :

बिहानको खाजा :

१) २ वटा उसिनेको अण्डा
२) १ प्लेट सलाद ( काँचै खान बनाइएको सागपात वा फलफूल आदिको परिकार )

खाजा :
१) ५ वटा आलुबखडा वा १ ठूलो आरु वा स्याउ

खाना :
१) १ कचौरा काँक्रोको सलाद
२) १ वटा गहुंको रोटि

खाजा :
१) काँक्रोको जुस

रातिको खाना :
३०० ग्राम तपाइँको रुचीअनुसार फलफूलको जुस

बनाउने विधि :

१) काँक्रोको सलाद :
सामाग्रीहरु :

१) ४०० ग्राम काँक्रो
२) २०० मि.ली दहि वा अमिलो दुध
३) ताजा प्याज
४) नुन

विधि :

काँक्रोलाई टासेर स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि यसमा नुन हालेर राम्ररी मिसाउनुहोस् । त्यसपछि यस्मा दहि वा अमिलो दुध र प्याजको टुक्रालाई हाल्नुहोस् ।
२) काँक्रोको जुस :
सामाग्रीहरु :
१) १ वटा काँक्रो
२) १ वटा स्याउ
३) १ मुठ्ठी पालुङ्गो
विधि :
माथिको सबै सामाग्रीहरुलाई मिसाई पिसेर जुस बनाउनुहोस् । यस मिश्रणमा तपाइँले ताजा अदुवा हालेर पनि जुस बनाउन सक्नुहुन्छ । र ताजा जुसलाई गिलासमा हालेर पिउनुहोस् ।

 

प्रकाशित : शनिबार, माघ ०८, २०७३०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाले नमिलेको भित्रि बस्त्र ‘ब्रा’ लगाऊनु निकै खतरनाक !