महिलाले नमिलेको भित्रि बस्त्र ‘ब्रा’ लगाऊनु निकै खतरनाक !

एजेन्सी , सुन्दर र आकार्षक ब्रेष्ट अर्थात् स्तन बनाउन अधिकांश महिलाहरुले ब्रा लगाउने गर्छन । तर उनिहरु ब्रा किन्दा भने विचार नै पुर्यौदैनन । महिलाहरु टाईट ब्रा लगाउदा शरीरमा असहज भयो भने पनि त्यति चासो देखाउँदैनन् बरु पीडा सहन्छन् । यसो गर्दा शरीरलाई थप असर पुर्याउने गर्दछ । विज्ञहरुका अनुसार टाईट नमिलेको ब्रा लगाउदा महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।                                                              

फिट नहुने अथवा टाईट ब्रा लगाउँदा हुने बेफाइदाहरु:

  • नमिलेको वा टाईट ब्रा लगाउदा छाती वरपरको भागमा डाम बस्छ , जसले गर्दा सास फेर्न समेत गार्हो हुने गर्दछ।
  • यदी ब्रा लगाउदा काँधमा नीलो डाम बसेको छ, भने निश्चय नै तपाईले टाईट ब्रा लगाउनुभएको छ । यस्तो अवस्थामा तपार्इंमा फन्गल इन्फेक्सनको खतरा हुन्छ ।
  • नमिलेको वा टाईट ब्रा लगाउदा काध कुप्रो परि तपाइको शरीरको अवस्था र स्वरुप बिग्रेको देखाउँछ ।
  • यदी तपाइको पाखुरामा पिनले घोचेजस्तो महसुस हुन्छ भने यो सबै फिट नभएको ब्राको परिणाम हो ।
  • नमिलेको वा टाईट लगौएन गर्दा छातीका दुई ठूला मांसपेशीमा हुने दबाबले रक्तप्रवाहमा समस्या ल्याउने गर्दछ।
  • ब्रेष्ट अर्थात् स्तनको आकार आकर्षक देखाउनको लागि अधिकांश महिहरुले टाईट ब्रा लगाउने गर्दछन् । तर टाईट ब्राले स्तनलाई अड्याउँदैन,जसको कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्छ । जसले गर्दा घाँटीमा हुने रक्तप्रवाहलाई रोकिदिनुका साथै घाँटीको मांसपेशीमा बढी भार भइ टाउको दुख्ने गर्दछ ।
  • सुन्दा अचम्म लाग्छ तर कतिपय अवस्थामा असन्तुलित ब्राले पेटमा गडबडी हुनुका साथै बारम्बार पेट दुख्ने र पखाला समेतलाग्ने गरेको पाइन्छ ।

 

प्रकाशित : शनिबार, माघ ०८, २०७३१३:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘नौनी’ स्वास्थ्यका लागि अति लाभकारी यसको अघि टिक्दैन कुनै बिमारी !