‘नौनी’ स्वास्थ्यका लागि अति लाभकारी यसको अघि टिक्दैन कुनै बिमारी !

एजेन्सी – नौनीलाई तौल बढाउने पदार्थ मानेर हामी प्राय यसलाई बेवास्ता गर्ने गर्दछौं । तर तपाइँलाई थाहा छ , नौनी हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक हुन्छ । नौनी क्याल्सियम, भिटामिन ए, सी, बी–२, बी–१२, आइरन , फोस्फोरस जस्ता तत्वको धेरै राम्रो स्रोत हो । साथै यसमा एमिनो एसिड , प्राटिन , लेक्टोज पनि पाईन्छ । नौनीको फाईदाहरु बारे आज हामी तपाइँलाई बताउँछौं । जुन निम्नानुसार छन् ।:
पाचन प्रक्रियामा सुधार :
नौनीमा लैक्टिक फर्मेन्टेशन प्रोबायोटिक पाईन्छ । यी सुक्ष्मजीवहरुले आन्द्रासंग  सम्बन्धित समस्याहरुलाई निको पार्नमा मद्धत गर्दछ । साथै यसले लाभदायक जीवाणुहरुलाई बढाउनमा पनि सहयोग गर्दछ । यसबाट पाचनशक्ति बढ्दछ ।
क्याल्सियमको राम्रो स्रोत :
नौनी क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियम हाम्रो शरीरको हड्डीको लागि धेरै महत्वपूर्ण छ । नियमित रुपमा आधा कप नौनीको प्रयोगले क्याल्सियमको कमीलाई पुरा गर्दछ । यसले हड्डीलाई बलियो बनाउनुको साथै स्नायु, मांसपेशी र हृदयको लागि पनि महत्वपूर्ण भुमिका खेल्दछ ।

खोकीको औषधिको रुपमा :
नौनीलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । खोकी लाग्ने बितिक्कै आधा कचौरा नौनीमा एक चम्चा नरिवलको धुलो , पाँचवटा ठूलो अलैंचीको धुलो , र दसवटा मरिचलाई पिसेर सानो रापमा तताउनुहोस् । सुत्नुभन्दा अगाडि रोगीलाई तातो हुदाँ नै खान दिनुहोस् । केही दिनमै यसको प्रयोगले खोकी निको हुन्छ ।                                       
बोसोले भरपुर :
नौनीमा प्राकृतिक बोसो पाईन्छ । र यसमा भएको बोसोले शरीरलाई कुनै हानी गर्दैन । आधा कप दुधको नौनीको प्रयोगले शरीर र हृदयलाई कुनै नोक्सान पुर्याउँदैन । त्यसैले यसको प्रयोग स्वास्थ्यको लागि राम्रो हुन्छ ।
प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ :
यदि तपाइँ प्रोटिनको स्रोत खोज्दै हुनुहुन्छ भने , आफ्नो आहारमा नौनीको प्रयोग गर्नुहोस् । यसले तपाइँको शरीरलाई प्रोटिन प्रदान गर्नुको साथै प्रतिरक्षा प्रणालीलाई सुरक्षा प्रदान गर्दछ । त्यसैले शरीरलाई स्वस्थ, स्फुर्ट र उर्जावान बनाउनको लागि नौनीको प्रयोग गर्नुहोस् ।                                                       

 

प्रकाशित : शनिबार, माघ ०८, २०७३१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी स्याम्पुमा नुन मिसाएर नुहाउनुस्: कपालसम्बन्धी यस्ता ठूला समस्याहरु निको पार्नुहोस्