यसरी स्याम्पुमा नुन मिसाएर नुहाउनुस्: कपालसम्बन्धी यस्ता ठूला समस्याहरु निको पार्नुहोस्

बिगुल स्वास्थ्य – नुनको प्रयोगबाट स्वास्थ्यसम्बन्धि विभिन्न समस्याहरुको उपचारमा मद्धत पुग्दछ । हामी सधैं खाद्यपदार्थमा स्वादको लागि यसको प्रयोग गर्ने गर्दछौं । तर तपाइँलाई यसको प्रभावशाली असरबारे थाहा छ ? जब हामी यसलाई कपालमा प्रयोग गर्ने स्याम्पुमा जोड्दछौं ।                                                                 
विधि :
स्याम्पुमा २–३ चम्चा नुनलाई मिसाउनुहोस् । त्यसपछि तपाइँको चिल्लो कपालको लागि उत्कृष्ट स्याम्पु बन्नेछ । र यसको परिणाम तपाइँले छिटै देख्न सक्नुहुनेछ ।
नुनको प्रयोगको लागि अन्य विधिहरु :
खुट्टालाई सफा गर्ने :
एक कप जैतुनको तेलमा २ चम्चा नुनलाई मिसाउनुहोस् । त्यसपछि यसलाई खुट्टामा बेस्सरी दल्नुहोस् । यसले खुट्टालाई चिल्लो र नरम बनाउँदछ ।
शरीरलाई सफा गर्ने :
यसको प्रयोग पूरा शरीरलाई सफा गर्नको लागि पनि गर्न सकिन्छ । यसको लागि आधा कप नरिवलको तेलमा २ चम्चा नुनलाई मिसाउनुहोस् । यस मिश्रणलाई शरीरभरि दल्नुहोस् ।
प्राकृतिक उपायको रुपमा नुन :
टाउको दुखाई : यदि तपाइँ बारम्बार टाउको दुखाई समस्याबाट ग्रसित हुनुहुन्छ भने , एक गिलास पानीमा १ चम्चा नुनलाई मिसाएर पिउनुहोस् । केहि मिनेटमा नै तपाइँको टाउको दुखाईको समस्या निको हुनेछ ।
घाउ :  नुनले केहि बेर जलन महशुश गराए पनि यसले घाउलाई छिटो निको पार्दछ । २ चम्चा नुनलाई एक गिलास पानीमा मिसाई घाउमा लगाउनुहोस् ।

यदि तपाइँलाई उच्च रक्तचापको समस्या छ भने , नुनको मात्रा कम गर्नुपर्ने हुन्छ । त्यसैले यस कुरामा भने ध्यान पुर्याउनुहोस् ।

प्रकाशित : शनिबार, माघ ०८, २०७३१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी ७ दिनमै १० किलो तौल कम गर्नुस्,कागती,स्याउको मिश्रणबाट-(पूर्ण आयुर्वेदिक र घरेलु उपाय)