क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”

लगभग धेरै जनालाई  सखरखण्डका फाइदाहरुको बारेमा थाहा होला तर तपाईंलाई सखरखण्डका यी गुणको बारेमा थाहा छ ,यदि छैन भने  हामी तपाईलाई बताउछौ:

१. सखरखण्डको पातले स्वास्थ्यमा हुने फाइदा:                                                                                 जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि (फोलेट),कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार छिटै खुम्चीनबाट जोगाउँछ। यो कुरा त धेरैलाई थाहा नै हुन्छ तर तपाईलाई थाहा छ सखरखण्डको पात पनि फाइदाजनक हुन्छ भनेर। कुनै कुनै ठाउँमा सखरखण्डको पात तरकारी अथवा झोलका रुपमा पनि बनाउने गरिन्छ। यसमा भिटामिन बि ,आईरन,क्याल्सियम ,जिंक ,प्रोटिन र अन्य पातजन्य तरकारीको तुलानामा धेरै  न्यानो हुन्छ। आउनुहोस सखरखण्डको पातले स्वास्थमा दिने फाइदाका बारेमा जानौ।

२. डायबिटीज रोकथाम गर्न:                                                                                                   सखरखण्डको पातले मधुमेह नियन्त्रण गरि  डायबिटीज कम गर्न राम्रो मानिन्छ । यसमा एफएबीएल(FIBL) नामक तत्व पाइन्छ जसले मधुमेह कम गर्न सहयोग गर्छ। यसका साथै यसमा एसिडिक ग्‍लाइकोप्रोटीन पनि पाइने भएकोले एंटी-डायबिटिक बनाउछ जसले गर्दा प्राकृतिक रुपमा मधुमेह नियन्त्रण हुन्छ।

३.रक्तचाप कम गर्न:                                                                                                             सखरखण्डमा भएका भिटामिन ,पोलीफेनोलिक्स र एंथोसायनिनको कारणले यसका पातको तरकारी बनाएर खानाले रक्तचाप कम गर्नलाई सघाउनुका साथसाथै चिन्ता र तनावबाट पनि  टाढा राख्छ ।

४.पेट सम्बन्धि समस्या समाधान गर्न:                                                                                           सखरखण्डको पातमा डाईटरी फाइबर र  जलापिन नामक तत्व हुन्छ जसले पेट सम्बन्धि रोगबाट टाढा राख्न सहयोग गर्छ । जसले कब्जियत,पखला र वाकवाकी जस्ता समस्यालाई निको पार्न सघाउँछ । यसका साथै सखारखण्डको पात ज्वरो कम गर्न ,जाडो र फ्लु बाट टाढा राख्न सहयोग गर्छ ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७३१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काँक्रोले घटाउँछ ७ दिनमै ७ किलो तौल