भुलेर पनि जाडोमा नगर्नु यी सामान्य ५ गल्ती नत्र ठूलो दुख पाईएला

एजेन्सी  अधिकांश मानिसहरु गर्मि महिनामा जति सक्रिय हुन्छन  त्यति नै जाडो  महिनामा सक्रिय हुदैनन र हुन् पनि चाहदैनन् । कारण चिसो अर्थात् जाडो हुने भएकोले हो । प्राय; मानिसहरु जाडो महिनामा जति धेरै चिसो बढ्यो त्यति नै धेरै अल्छि हुने गर्दछन् । तर यसो गर्नु स्वास्थ्यको लागि घातक हो।

जाडो महिनामा हुने सामान्य ५ गल्तिहरु :

१. पानी नपिउने : जाडो  महिनामा चिसोको कारण तिर्खा नलाग्ने भएकोले प्राय मानिसहरुले पानि कम खाने गर्छन। यसो गर्दा शरीरमा विभिन्न रोग लाग्ने खतरा हुन्छ ।  बेलायतको डायटिक एसोसिएसनका अनुसार जाडोमा हाइड्रेड रहन हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी चाहिन्छ । तर जाडो महिनामा अत्यधिक तातो पानि भने पिउनु हुदैन। डिहाइड्रेसनले किड्नी, अपच र पेट दुख्ने लगायतका समस्या आउँछ।

२. अनावश्यक क्रिम र लोसनको प्रयोग : जाडो महिनामा छाला खस्रो (ड्राई) हुने हुदा अधिकांश मानिसहरुले सौन्दर्य अथवा छाला राम्रो बनाउनको लागि थरिथरिका क्रिम र लोसनको प्रयोग गर्ने गर्दछन् । छालालाई चिल्लो बनाउनु राम्रो हो। तर चिकित्सकको सल्लाह बिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन । जथाभावी लोसन लगाउँदा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ ।

३. बढी सुत्ने : जाडो महिनामा अधिकांश मानिसहरु बिहान धेरै बेरसम्म सुत्न रुचाउछन् । यति मात्र नभई बिहान खाना खाई सकेपछि पनि घाममा सुत्ने बानि अधिकांशको हुन्छ । यसरी खानपिन र बढी सुत्ने बानीले शरीर बोधो र भद्दा हुँदै जान्छ ।

४. धेरै खाने : जाडो महिनामा जाडो कम हुन्छ भनेर प्राय मानिसहरुले बढी चिल्लो, प्रोटिनयुक्त र जङ्क फुड खाने गर्दछन् । जसले गर्दा शरीरको तौल अनावश्यक रुपमा बढ्छ । आफ्नो तौलबारे बढी ध्यान दिनु पर्ने भनेकै जाडो महिनामा हो। यो मौसममा ताजा खानेकुरा : फलफुल,सागसब्जी आदि खानुपर्छ ।

५. बढी लुगा लगाउने : यो मौसममा जाडोबाट बच्न न्यानो कपडा जस्तै :जाकेट, स्विटर र अन्य बाक्ला लुगा गर्दछौ । धेरै कपडा लगाउनु जाडोबाट बच्ने उत्तम उपाय भने होइन।  बढी कपडा लगाउदा शरीरमा पसिना आउने र पसिना सुकेर झन् शरीर चिसो हुने गर्दछ। तसर्थ जाडोमा शरीरलाई न्यानो पार्ने ठिक्कको कपडा लगाउँदा राम्रो हुन्छ ।

 

प्रकाशित : बिहिबार, पुष २८, २०७३१६:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राम्रो स्वस्थ्यको लागि काजु खानैपर्ने यस्ता छन् ९ कारण