राम्रो स्वस्थ्यको लागि काजु खानैपर्ने यस्ता छन् ९ कारण

एजेन्सी , बढी मूल्य पर्ने काजुका फाइदा पनि मूल्यवान नै छ । काजु खानमा जति स्वादिष्ट हुन्छ त्यति नै शरीरका लागि पनि फाइदाजनक हुन्छ । काजुमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।

काजुका खानुका ९ फाइदाहरु :

१. डायबेटिज नियन्त्रण : प्रत्येक दिन काजु खाँदा शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण गर्छ  ।
२. कोलेस्टेरोल घटाउँछ : प्रत्येक दिन बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्दछ ।
३. मुटु बलियो बनाउँछ : काजुमा ओलिक एसिड पाइन्छ । जसले मुटुलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।  काजुमा पाइने विभिन्न तत्वहरुले मुटुका मांसपेशीलाई बलियो बनाउछ ।
४. पोषण प्रदान : काजुमा म्याग्नेसियम, कार्बोहाइड्रेट, प्रोटिन, आइरन आदि पाईने भएकोले काजु खाँदा हड्डी र दाँत  बलियो बनाउनुको साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न मद्दत गर्दछ ।
५. दिमाग तेजिलो बनाउँछ : काजुमा पाईने एकप्रकारको तेल जसमा भिटामिन ‘बी’ प्रशस्त मात्रामा हुन्छ। यसले दिमाग तेजिलो बनाउँछ ।
६. रक्तचाप नियन्त्रण : काजुमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुन्छ । त्यसैले काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहनमद्दत गर्दछ।
७. युरिक एसिड हुन दिँदैन : दैनिक काजु खाँदा शरीरमा युरिक एसिड फर्मेसन हुन् दिदैन । युरिक एसिड भएका व्यक्तिहरुले ड्राईफुड खान उपयुक्त नहुने भएकोले त्यस्ता व्यक्तिहरुले निर्धक्कसँग काजु खान सकिन्छ ।
८. थकान हटाउँछ : प्रत्येक दिन बिहान काजु खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ । कुनै कम नगर्दा पनि थकान महसुस हुन्छ भने काजु खाँदा तपाईंको शरीरमा ऊर्जा र फुर्तिलो महसुस हुन्छ ।
९. अनुहार चम्किलो बनाउँछ : काजुमा उच्च मात्रामा प्रोटिन पाइन्छ । त्यसैले दैनिक रुपमा काजु खाएमा अनुहार चम्किलो बन्छ । अर्थात् काजुलाई पानीमा भिजाई पिस्ने र यो लेप अनुहारमा लगाई मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

प्रकाशित : शुक्रबार, पुष २९, २०७३११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी उसिनेको अण्डा खानुहोस् २ हप्तामै ११ किलो तौल घटाउहोस्: अविश्वसनीय घरेलु उपाय (डाइट प्लानसहित)