बिहान उठ्ने बित्तिकै तातोपानीमा थोरै नुन राखेर पिउनुका यस्ता अचुक र आश्चर्यजनक फाइदा

एजेन्सी – हामी सबैलाई दैनिक रुपमा चाहिने अति आवश्यक सामग्री मध्ये नुन पनि एक हो । भनिन्छ नुनको प्रयोग राम्रोसंग गर्यो भने डाक्टर कहाँ गईरहन पर्दैन । रिफाइन गरिएको नुनको बढी प्रयोग गर्ने हो भने यसले शरीरलाई नकारात्मक असर पुर्याउने गर्दछ । नुन रिफाइन नगरी प्रयोग गर्दा शरीरलाई फाइदा गर्छ । रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान मनतातो पानीमा हल्का राखेर पिउने हो भने यसले शरीरलाई राम्रो फाइदा गर्दछ। धेरै नुन खादा उच्च रक्तचापको खतरा हुने भएकोले नुन थोरै राखी खाँदा राम्रो हुन्छ ।  यदी तपाईलाई कुनै रोग लागेको छ भने डाक्टरको सल्लाह अनुसार मात्र नुनपानि पिउनुहोस ।

नुन पानीले स्वास्थ्यमा हुने ८ फाइदाहरु  :
१. थाइराइड : हामीले दैनिक रुपमा खाने नुनले थाइराड हर्मनलाई नियन्त्रण गरि थाइराईडको समस्या न्यून गर्दछ ।
२. पाचन पक्रिया : दैनिक रुपमा नुनपानी पिउदा यसले शरीरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचन प्रक्रियामा सुधार ल्याउने गर्दछ ।
३. स्वस्थ छाला : नुनमा सल्फर अर्थात् क्रोमियल पाइन्छ,जसले छालालाई नरम र सफा गर्न मद्दत गर्दछ ।
४. मोटोपनमा सुधार :  नुनले शरीरको कोषहरुमा आवश्यक पर्ने पोषण तत्व पुर्याउने भएकोले मोटोपनमा सुधार ल्याउछ ।
५. मजबुत हडडी : नुनमा  क्यालिसयम हुन्छ । जसले हड्डी बलियो बनाउने गर्दछ।
६. व्याक्टेरियाबाट बचाउछ : नुनमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । जसले शरिरमा भएका खतरानक व्याक्टेरियाको नाश गर्दछ ।
७. निद्राको समस्या समाधान : नुनले शरिरको कार्टिसोल र एड्रोनलाईन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउछ । जसले गर्दा राम्रो निन्द्रा लाग्दछ ।
८. एसिडिटी : नुनपानी नियमित पिउदा एसिडिटिको समस्या घट्छ । नुनपानीले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ ।

प्रकाशित : बिहिबार, पुष २८, २०७३१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुलेर पनि जाडोमा नगर्नु यी सामान्य ५ गल्ती नत्र ठूलो दुख पाईएला