मह र कागती तातोपानीमा मिसाएर खाँदा हुने ९ फाइदाहरु

तातोपानीमा मह र कागती मिसाएर खाने बानी स्वास्थ्यको लागि निकै फाईदाजनक छ | यसको प्रयोग बाट शरिरमा हुने फाईदाहरु निम्नानुसार छ:
१. पाचन प्रणालीमा सुधार :
बिहान तातो पानीमा मह र कागती मिसाएर खाने बानीले पाचन प्रणालीमा सुधार ल्याउँदछ । । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई बलियो पार्नुको साथै शरीरको बिषालु पदार्थलाई बाहिर निकाल्द्छ | त्यसैगरी महले एन्टीब्याक्टेरियलको रुपमा काम गर्ने भएकोले शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्दछ ।साथै यसले पेट सफा राखी कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा सुधार आउँदछ ।
२. कब्जियतबाट छुटकारा मिल्छ :

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियत जस्ता समस्या बाट मुक्ति मिल्दछ l यसले सुख्खा भएको दिसालाई भिजाउँछ र दिसा गर्नमा सहयोग गर्दछ ।
३. प्रतिरक्षा प्रणालीमा सुधार :

शरीरमा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । र यसले गर्दा कब्जियत, सुत्ने समस्या, उच्च या न्युन रक्तचाप, तनाव हुनुका साथै मानसिक स्वास्थ्यमा समेत असर पर्दछ । हरेक बिहान तातोपानीमा मह र कगतीलाई मिसाएर पिउनाले प्रतिरक्षा प्रणालीमा सुधार आउँदछ ।
४. मुखको गन्धबाट छुटकारा :

कागती र महको मिश्रण तातो पानीमा हालेर पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले ब्याक्टेरियालाई मारेर मुखलाई शुद्ध बनाउनमा मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण हुने ) हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्याको निराकरण गर्दछ |
५. मुत्रसम्बन्धि समस्यालाई हटाउँछ :

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण धेरै फाईदाजनक हुन्छ |

६. शक्ति प्रदान गर्दछ :

मह , कागती र तातो पानीको मिश्रणले शरीरमा शक्तिको मात्रालाई बढाउँछ । । यस्ले गर्दा पाचनशक्तिमा सुधार आई शरीरको कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातोपानीमा मह र कागतीको मिश्रण पिउनाले शरीरमा थकाईको महशुस कम हुने गर्दछ |

७. तौल घटाउनमा सहयोगी :

मह, कागती र तातोपानीको मिश्रणको प्रयोगले चाडै भोक लाग्दैन । यसमा फाइबर पाइन्छ,जसले भोक र चिनीको मात्रालाई कम गरी शक्ति प्रदान गर्छ । नियमित रुपमा हरेक बिहान यस मिश्रणको प्रयोग गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन मद्दत मिल्छ ।
८. पोषक तत्व प्रचुर मात्रामा पाइन्छ :

यस मिश्रणमा एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व प्रचुर मात्रामा पाइन्छ ।साथै यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि हुन्छ । जस्ले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
९ . संक्रमणबाट बचाउँछ :

मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने विभिन्न संक्रमणबाट बचाउँछ ।

प्रकाशित : बुधबार, पुष २७, २०७३१७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुखभित्र घाउ आउने समस्याबाट हैरान हुनुहुन्छ ? यस्ता छन् १० घरेलु उपचार !