मुखभित्र घाउ आउने समस्याबाट हैरान हुनुहुन्छ ? यस्ता छन् १० घरेलु उपचार !

एजेन्सी , हामी मध्ये अधिकांश मानिसहरु मुख भित्र पटक-पटक आउने खटिराबाट पिडित छौ । त्यसैले यो पिडा कम गर्न तपाईलाई अस्पताल जान गार्हो लाग्छ भने अब तपाई घरमै बसेर यति सजिलै संग यो पिडाबाट मुक्त हुनुहुनेछ । जसका लागि तपाईले यी  १० घरेलु उपाय उपाय अपनाउनु पर्दछ ।

१. नुन-पानी :

नुनमा छाला सुकाउने गुण हुन्छ । त्यसैले मनतातो पानीमा एक चम्चा नुन राखी सकेसम्म धेरै पटक कुल्ला गर्दा यो समस्या बाट छुटकारा मिल्छ।

२. अम्बाको पात :

अम्बाको पातले मुख भित्रको घाउ निको पार्ने गर्दछ । त्यसैले अम्बाको पात चपाउदा पनि मुखभित्रको छाला ठीक हुन्छ ।

३. बेसार :

बेसार र पानीलाई राम्रोसंग उमाल्नुहोस । त्यसपछि बेसार र पानीलाई मनतातो हुनेगरि सेलाएर मुख कुल्ला गर्नुहोस । यसले मुख भित्रको घाउ निको पार्छ ।

४. चियाको बोटको तेल :

चियाको बोटको तेलले पनि मुख भित्र आउने घाउलाई निको पर्छ । यसको तेललाई किटनाशक मानिने गर्दछ। यसको तेल १० प्रतिशत र पानि ९० प्रतिशत मिलाएर दिनमा दुईपटक मुख कुल्ला गर्नुपर्दछ। यसले मुख भित्र आउने खटिरा र दुखाइ पनि कम गर्दछ।

५. बेकिङ सोडा :

बेकिङ्ग सोडा मुख भित्र आउने खटिराको लागि अत्यन्त उपयोगी औषधी मानिन्छ ।  मनतातो पानीमा एक चम्चा बेकिङ्ग सोडा मिसाएर दिनमा एक पटक मुख कुल्ला गर्नुहोस । यसले दुखाइ कम गर्नुको साथै घाउ पनि निको पार्छ।

6. अलैँची :

अलैँचीले मुखको दुर्गन्ध हटाउनुको साथै मुख भित्रको खटिरा पनि निको पार्छ । अलैँचीलाई  पिसेर महमा मिसाई  मुखभित्रको छालामा लगाउँदा फाइदाजनक हुन्छ ।

७. निम पत्ता :

निम पत्तामा एन्टिसेप्टिक गुण हुने भएकोले यसले किटाणु नष्ट गर्न निकै सहयोग गर्दछ । दैनिक २/३ पटक निम पत्ता चपाउदा मुख भित्रको खटिरा निको हुन्छ। यो अत्याधिक तितो हुने भएकोले यदी चपाउन सक्नुभएन भने निमपत्तालाई पिसेर गाइको घ्यूमा मिसाइ घाउ भएको ठाउँमा लगाउँदा पनि निको हुन्छ ।

८.आलुबखडाको जूस :

आलुबखडाको जुस २ चम्चा जति मुखमा राखी खेलाउनुस अथवा आलुबखडाको जुसमा कपासको टुक्रा भिजाई घाउ आएको ठाउँमा राख्नुहोस् । अर्थात् यो जूस माउथवासको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले मुखभित्रको घाउ निको हुन्छ ।

९. फिटकिरी :

मुखभित्र आएको घाउमा फिटकिरीलाई दैनिक दुई पटक लगाउनुहोस । यो लगाउदा सुरुमा केही दुखाई महसुस हुन्छ भने पछि बिस्तारै दुखाई कम हुन्छ ।

१०. टी ब्याग

टी ब्यागमा ट्यानिक एसिड हुन्छ । जसले छालाको दुखाई कम गर्दछ । एकपटक प्रयोग गरिसकेको टी ब्यागलाई मुख भित्रको घाउमा १०/१५ मिनेट जति राख्दा तपाईंले धेरै राहत महसुस गर्नुहुन्छ ।

प्रकाशित : बुधबार, पुष २७, २०७३२०:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् स्याउको बोक्रा खानुका अतुलनीय फाइदाहरु