यस्ता छन् स्याउको बोक्रा खानुका अतुलनीय फाइदाहरु

एजेन्सी – हामी सबैले दैनिक रुपमा एउटा स्याउ खानु औषधि जस्तै हो । अर्थात् नियमित स्याउ खादा डाक्टर कहाँ गैरहनु पर्दैन । स्याउ बोक्रा नफाली खाने फल पनि हो । कतिपयले स्याउको बोक्रा र बियाँ फालेर खाने गर्दछन् । तर स्याउमा शरीरलाई चाहिने अत्यन्त महत्वपूर्ण तत्व रहेको हुन्छ।

स्याउमा भिटामिन ‘C’ र ‘E’ फाइबर हुन्छ जसले मुटुरोगबाट बचाउने,पखाला रोक्ने,कब्जियत लगायत अन्य स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्दछ। स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व पाइन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।

जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार स्याउको बोक्रा र स्याउभित्र हुने बिया दुवै लाभदायक हुन्छ । किनकी यसमा क्यान्सर बिरुद्द लड्ने तत्व हुन्छ । स्याउको बोक्रा र बियाँमा  एन्टिअक्सिडेन्ट पाइन्छ जसले क्यान्सरबाट जोगाउन मद्दत गर्दछ । एक न्युट्रियसन एन्ड क्यान्सर नामक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउन ठुलो सहयोग गर्दछ । भने स्याउमा पाइने फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट जोगाउछ ।

 

प्रकाशित : बुधबार, पुष २७, २०७३२०:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहान उठ्ने बित्तिकै तातोपानीमा थोरै नुन राखेर पिउनुका यस्ता अचुक र आश्चर्यजनक फाइदा