दिनमा ८ गिलास पानी पिउनु पर्छ भन्ने मान्यता गलत

स्वस्थ जीवनयापनको लागि हामीलाई प्रतिदिन २.५ लिटर (८ गिलास) पानीको प्रयोग आवश्यक रहेको कुरालाई धेरैजसो मानिसले विश्वास गर्दछन् । पानी नपिउनु स्वास्थ्यको लागि हानिकारक हुने भएकोले तिर्खा नलागेपनि पानी पिउनु अति आवश्यक भएको कुरालाई सधैंजसो हामीले सुन्दै आईरहेका छौं । हामीले पानीलाई जति पिउन सक्छौं , त्यति नै स्वास्थ्यको लागि राम्रो भएको कुरा समाजमा व्यापक रुपमा फैलिएको छ । र यसलाई सामान्यतया सबैले स्विकार पनि गरेका छन् । तर हामीलाई आवश्यक पर्ने पानी धेरैजसो हामीले खाने खानाबाट प्राप्त हुने गर्दछ ।जस्तै : तरकारी , फलफूल , चिया , जुस आदि । त्यसैले तपाइँलाई तिर्खा लागेन भनि चिन्ता लिनुपर्ने कुनै आवश्यकता छैन ।

वास्तवमा मानव शरीर जलविहिन भएको अवस्थामा मात्र धेरै पानी पिउनु जरुरी छ । अधिक पानीको प्रयोगले मृगौला र छालासम्बन्धि स्वास्थ्यको लागि फाईदाजनक हुने कुरा बैज्ञानिक रुपमा प्रमाणित भएको पाइँदैन । त्यसैगरी एकदम धेरै पानी पिउने बानीले झन गम्भिर मृगौलासम्बन्धि समस्याहरुलाई निम्त्याउन सक्दछ ।

शरीरमा पानीको मात्रा कम भएपछि मात्र हामीले धेरै पानी पिउनु आवश्यक छ । जस्तै :बिरामी हुदाँ , धेरै काम गरेर थाकेको अवस्थामा , धेरै मात्रामा पसिना आउँदा आदि । त्यसैले तिर्खा लागेको अवस्थामा मात्र पानी पिउनुहोस् । अनिवार्य रुपमा ८ गिलास दिनहुँ पानी पिउनुपर्छ भन्ने सोचलाई बदल्नुहोस् । र शरीरलाई आवश्यक मात्रामा पानी पिउनु भई स्वस्थ रहनुहोस् ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिघ्र स्खलन रोक्ने प्रभावकारी घरेलु उपाय