रौँ आउने कारण र यसबाट छुटकारा पाउने घरेलु उपाय, जानिराखौं !

अन्यावश्यक रौँ हामीहरुका लागि चिन्ताको बिषय बनेको छ । रौंका कारणले गर्दा शरीरको रंग कालो देखिने हुन्छ ।महिला होस् वा पुरुष सबै आफ्नो शरीरका रौं देखि मुक्ति पाउन चाहन्छन। तपाईहरु पनि अन्यावश्यक रौँ देखि चिन्तित हुनुहुन्छ भने यसबाट छुटकारा पाउनको लागि सजिलो तरिका र कारणहरु सबै मानिसहरुको शरीरमा रौँ हुन्छ कोहि मानिसहरुमा रौँ धेरै हुने गर्दछ शरीरमा रौँ आउने कारणहरु जानिराखौं

– शरीरमा हर्मोनको ब्यालेन्स नमिल्ने कारणले गर्दा रौँ धेरै आउने समस्या हुन्छ ।
– महिलाहरुमा एंड्रोजन हर्मोन को वृद्धि हुने हुदा रौँ आउने गर्दछ ।
–यदि एड्रीनल ग्रन्थि नलीमा ट्युमर छ भने रौँ आउने समस्या हुन्छ ।

लक्षण –
– अनुहारमा असामान्य रूपले रौँ आउनु ।
– कम समयमा अचानक शरीरमा धेरै रौँ आउनु ।
– शरीरका रौँ छिटै विकास हुदै जानु ।
– आवाज मोटो हुदै जानु, मांसपेशीहरुमापरिवर्तन हुनु ,अन्यावश्यक रौँका साथै पिम्पल निस्किनु ,

बेसन र दही – बेसन मा दही मिलाएर पेस्ट बनाउने । यस पेस्टलाई अन्यावश्यक रौँ भएको ठाउमा लगाइदिने केहि समय पछि रगटेर अनुहार धुने दिनहु यस्तो गर्दा अन्यावश्यक रौँ बिस्तारै बिस्तारै हट्दै जान्छ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३२०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मह र कागती तातोपानीमा मिसाएर खाँदा हुने ९ फाइदाहरु