जानीराखौ रक्सी पिएपछि के खान हुन्छ के खान हुदैन ?

हामीहरुले रक्सी पिएपछि हामीहरुलाइ डिहाइड्रेसन बनाउछ।यस्तो नबनाओस भन्नको लागि रक्सी पिउनुभन्दा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु उत्तम हुन्छ । यदि साँझ रक्सी पिएर सुत्नु भएको छ भने भोलि बिहान उठेपछि पेट बिग्रने सम्भावना हुन्छ । यो सम्भावना हटाउन बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ ।
नुन र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ । जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ । साल्मोन जातको माछामा पाइने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ को माछा खादा टाउको वा जिउ दुःख्ने समस्या हट्छ ।

ओमेगा–३ माछा खादा मनस्थिति ठीक गर्न सहयोग गर्दछ । साल्मोन जातको माछा नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पिसेर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा ग्यास्ट्रिक हटाउन सहयोग मिल्दछ । रक्सी पिए पछि खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय पदार्थ नपिउदा राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३२०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रौँ आउने कारण र यसबाट छुटकारा पाउने घरेलु उपाय, जानिराखौं !