बिरेनुन मिश्रित पानीको प्रयोगले हुने ५ अनौठा फाईदाहरु

बिगुल स्वास्थ्य ,  हाम्रो स्वास्थ्यको हेरविचारको लागि बिरेनुन एकदमै उपयोगी छ । प्राचिन समयमा धेरै आयुर्वेदिक औषधिहरु बनाउनको लागि बिरेनुनको प्रयोग गरिन्थ्यो । बिरेनुनमा हाम्रो शरीरलाई फाईदा गर्ने ८० प्रकारको खनिज पदार्थ पाईन्छ । बिरेनुनको पानी हाम्रो शरीरको लागि निकै फाईदाजनक छ । बिरेनुनको नियमित प्रयोगले मोटोपन ,अपच जस्ता धेरै रोगहरुबाट बच्न सकिन्छ । आज हामी तपाइँलाई बिरेनुनको प्रयोगबाट हुने ५ फाईदाहरु बारे जानकारी दिन्छौं । जुन निम्नानुसार छ :

१) तौल घटाउँछ :
बिरेनुनले हाम्रो शरीरमा भएको बोसोलाई कम गर्दछ । हामीले नियमित रुपमा बिरेनुन पानीको प्रयोग गर्नाले शरीरमा जम्मा भएको बोसो विस्तारै कम हुने गर्दछ ।

२) पाचनशक्तिमा सुधार :
बिरेनुनले पेटभित्र हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पचाउने इन्जाइमलाई सक्रिय बनाउँछ । जस्ले गर्दा पाचनशक्तिमा सुधार आउँदछ ।

३) आँखाको ज्योती बढाउँछ । :
नियमित रुपमा बिरेनुनको प्रयोगले हाम्रो आँखाको ज्योती बढाउनमा मद्धत पुग्दछ ।

४) मुटुसम्बन्धि रोगहरुलाई नियन्त्रण गर्दछ । :
बिरेनुनले कोलेस्ट्रोललाई नियन्त्रण गर्दछ । नियमित रुपमा बिरेनुन पानी पिउने बानीले मुटुसम्बन्धि रोगहरुको खतरा धेरै नै कम गर्दछ ।

५) छालालाई स्वस्थ बनाउँछ । :
बिरेनुनले हाम्रो छालालाई स्वस्थ राख्नमा पनि मद्धत गर्दछ । बिरेनुनमा पाईने सल्फर , जिंक जस्ता पौष्टिक तत्वहरुले सुख्खा र मरेको छालालाई स्वस्थ बनाउनमा मद्धत गर्दछ । यसका साथै बिरेनुन पानीको प्रयोगले अनुहारको चमक पनि बढाउँदछ ।

प्रकाशित : सोमबार, पुष २५, २०७३१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिनमा ८ गिलास पानी पिउनु पर्छ भन्ने मान्यता गलत