खाना नपचेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो अचुक उपाय !

बिगुल स्वस्थ , – सामान्यतय हामी सबैले दैनिक खाने खानामा सानो लापरवाही भयो भने पनि त्यसले प्रत्यक्ष असर पार्ने र पाचन प्रक्रिया गडबडि हुने गर्दछ। त्यसैले सर्वप्रथम खाने कुरामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।
पेट गडबडी हुदा देखिने लक्षणहरु :
१.भोक नलाग्ने
२.ज्यान भरि भएको महसुस हुने
३.छाती पोल्ने

पेट गडबडी हुदा अपनाउनु पर्ने घरेलु विधिहरु :
१.२५० मिलिलिटर पानी
२.५-६ टुक्रा दालचिनी
३. ८ चम्चा मरिचको धुलो
४. २ चम्चा मह
माथिको सबै सामग्री तयार भैसकेपछि एउटा भाडोमा दालचिनी र पानी राखेर उमाल्ने,उम्लिरहेको पानीमा अब मरिचको धुलो र मह हाल्ने। त्यसपछि राम्ररी चलाएर निकाल्ने।अब तपाइले दैनिक खान खानु भन्दा ३० मिनेट अगाडी एक चम्चा यो मिश्रण पिउनुहोस । यसले तपाइको पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यदी यो मिश्रण पिउदा पेटमा सुधार आएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।

प्रकाशित : सोमबार, पुष २५, २०७३११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाहरुले कस्तो समयमा यौन प्रस्ताव राखे सजिलै स्विकार्छन् ?