जाडो मौसममा २ मिनेटमै ओंठलाई सुख्खारहित गुलाबी रङ्गको बनाउने घरेलु उपाय

बिगुल स्वास्थ्य, जाडो मौसममा तपाइँको ओंठ सुख्खा र गाढा हुने गर्दछ । यससम्बन्धि समस्या हुनुको कारण भनेकै ओंठको छाला धेरै नरम हुनु र  पसिना ग्रन्थि नहुनु हो । आज हामी तपाइँलाई ओंठको छालाबाट मरेको सेल र गाढापन २ मिनेटमै हटाउने उपायबारे जानकारी दिन्छौं । जुन निम्नानुसार छ  :

आवश्यक सामाग्रीहरु :
१) १ चम्चा चीनी
२) १ चम्चा जैतुनको तेल
३) १ चम्चा मह
बनाउने विधि :
मह र जैतुनको तेललाई एउटा कचौरामा हाल्नुहोस् । त्यसपछि यसमा चीनी हालेर राम्ररी मिसाउनुहोस् । र यस मिश्रणलाई तपाइँको ओंठमा विस्तारै दल्नुहोस् । २ मिनेटसम्म त्यसै छोडिसकेपछि ओंठलाई पखाल्नुहोस् ।
चीनीले ओंठको छालाबाट मरेको सेल र सुख्खालाई हटाउन मद्धत गर्दछ । त्यसैगरी जैतुनको तेल र महले ओंठलाई चिसो पार्न मद्धत गर्दछ । आजैबाट यसको प्रयोग गर्नुहोस्  र ओंठमा मुस्कान ल्याउनुहोस् ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७३२३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यान्सर , हेपाटाइटिस तथा मृगौला सम्बन्धी रोगको प्राकृतिक औषधि टुकी फूल