क्यान्सर , हेपाटाइटिस तथा मृगौला सम्बन्धी रोगको प्राकृतिक औषधि टुकी फूल

बिगुल स्वास्थ्य, टुकी फूलमा चिकित्सय गुण भएको कारणले गर्दा विभिन्न रोगहरुबाट छुट्कारा पाउन यसको प्रयोग गरिन्छ । यसले कलेजोमा भएको विषालु पदार्थलाई हटाउने , कोलेस्ट्रोललाई नियन्त्रण गर्ने आदि काम गर्नुको साथै गर्भवती  र रजस्वला बन्द भएको महिलाहरुको स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ । टुकी फूललाई वसन्त ऋतुको समयमा कलिलै निकाल्नु सबैभन्दा राम्रो हुन्छ । यसको विरुवाको डांठले मधुमेह रोगलाई हटाउने , पाचन प्रणालीमा सुधार गर्ने , पेटसम्बन्धि समस्याहरुलाईृ निराकरण गर्ने काम गर्दछ । यस फूलको पातमा पोषण तत्व प्रचुर मात्रामा पाईन्छ । र यस पातको प्रयोगले तपाइँ स्वस्थ देखिनुका साथै शरीरलाई आवश्यक पौष्टिक तत्वको परिपूर्ति गर्न सक्नुहुन्छ ।
टुकी फूलको जरा :

यसको प्रयोगले क्यान्सर र अरु स्वास्थ्यसम्बन्धि समस्याहरुसँग लड्न मद्धत गर्दछ । जरालाई खुर्केर काटिसकेपछि १५ दिनको लागि सुख्खा ठाउँमा त्यसै छोड्नुहोस् । त्यसपछि यो ताजा देखिन्छ र त्यसलाई एउटा भाँडोमा हालेर चिसो ठाउँमा राख्नुहोस् । त्यसपश्चात यसको प्रयोग गर्नुहोस् । टुकी फूलको जरा कलेजो , मृगौला , पित्तथैलीमा फाईदाजनक छ । त्यसैगरी यसले छाला सुनिने, कलेजो सुनिने ( हेपाटाइटिस ), घाउहरु र अन्य रोगहरुबाट बच्न मद्धत गर्दछ । यसले स्तनसम्बन्धि समस्याहरु तथा महिलाको विभिन्न रोगहरुलाई हटाउनमा पनि सहयोग गर्दछ ।
टुकी फूलको रस बनाउने तरिका :
आवश्यक सामाग्री :
१) ४०० वटा टुकी फूल
२) ४ वटा काटेको कागती
३) ४ वटा काटेको सुन्तला
४) ३ लिटर पानी
माथिका सबै सामाग्रीहरुलाई पानीमा हालेर २४ घण्टासम्म त्यसै छोड्नुहोस् । त्यसपछि यसमा थोरै चीनी हालेर २ मिनेटसम्म पकाउनुहोस् । अनि मिश्रण बाक्लो देखिएपछि निकालेर सफा भाँडोमा खन्याउनुहोस् । यसको प्रयोग चिसोबाट बच्न र श्वासनलीसम्बन्धि समस्याहरुको लागि गर्न सक्नुहुन्छ ।
टुकी फूलको चिया बनाउने तरिका :
टुकीको फुलको सुख्खा जरालाई स–सानो टुक्रा बनाई पानीमा मिसाएर चिया बनाउने गरिन्छ । १ ठुलो चम्चा टुकी फूलको जरालाई १ गिलास पानीमा मिसाएर चिया बनाई पिउनुहोस् ।

प्रकाशित : शनिबार, पुष २३, २०७३१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी मात्र एक मिनेटमै चम्काउनुहोस् आफ्नो दाँत