धुम्रपान गर्ने मानिसको फोक्सोलाई प्राकृतिक जुसको प्रयोगबाट सफा गर्ने उपाय

बिगुल स्वास्थ्य, यदि तपाइँ धुम्रपान गर्नुहुन्थ्यो वा गर्नुहुन्छ , भने तपाइँको फोक्सो चुरोटको विषालु पदार्थले भरिएको हुनसक्छ । फोक्सोलाई सफा गर्नको लागि कुनै चमत्कारको आवश्यकता छैन । यसको लागि चमत्कारपूर्ण रोगलाई निको पार्ने गुण भएको पेयपदार्थको जरुरी छ । जुन तीन प्रकारको सामाग्रीबाट बन्दछ । ती हुन् : अदुवा , प्याज र बेसार ।

अदुवा :
अदुवामा रोगलाई निको पार्ने गुण भएको कारणले गर्दा प्राचिन समयदेखि अहिलेसम्म पनि यसलाई मसलाको रुपमा प्रयोग गरिन्छ । यस्ले फोक्सोमा बढि भएको खकारलाई हटाउन मद्धत गर्दछ ।

प्याज :
प्याज र लसुनमा एन्टिक्यान्सरको ( क्यान्सर विरुद्ध लड्ने ) गुण हुन्छ । यसको प्रयोगले विभिन्न श्वासप्रश्वाससम्बन्धि रोगहरुबाट बच्न सकिन्छ ।

बेसार :
बेसारमा पोषण तत्व र खनिज पदार्थ प्रचुर मात्रामा पाईन्छ । साथै यसले विषाणुनाशक ,जिवाणुनाशक , एन्टिक्यान्सरको ( क्यान्सर विरुद्ध लड्ने ) काम गर्दछ । त्यसैले यसको प्रयोग खानासँग दिनहुँ गर्नु राम्रो हुन्छ ।

सामाग्रीहरु :

१) ४०० ग्राम प्याज
२) १ लिटर पानी
३) ४०० ग्राम चीनी ( राम्रो स्वास्थ्यको लागि महको पनि प्रयोग गर्न सकिन्छ ।)
४) २ चम्चा बेसार
५) सानो टुक्रा अदुवा

बनाउने विधिः
१) पानीमा चिनी हालेर उमाल्नुहोस् ।
२) त्यसपछि प्याजलाई र अदुवालाई काटि पानीमा हाल्नुहोस् । उम्लेको पानीमा बेसार हाल्नुहोस् ।
३) पानी उम्लेर आधी मात्र बाँकी रहँदा निकालेर एउटा भाँडामा हाल्नुहोस् । र पानी चिसो भएपछि फ्रिजमा राख्नुहोस् ।
४)२ चम्चा विहान खाली पेटमा र रातिको खाना खाएको २ घण्टापछि यस मिश्रणको प्रयोग गर्नुहोस् ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७३२३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडो मौसममा २ मिनेटमै ओंठलाई सुख्खारहित गुलाबी रङ्गको बनाउने घरेलु उपाय