श्रीमतीलाई दैनिक एक कोसा केरा खुवाउनुका १० फाइदाहरु

बिगुल स्वस्थ , हामीले धेरै जसो खाने प्रमुख फलफुलमा केरा पनि पर्दछ । केरा पोटासियमको राम्रो स्रोत हो , यसले रक्तसंचार राम्रो बनाउँछ । केराले महिलाको स्वास्थ्यलाई धेरै फाइदा गर्दछ । दैनिक एउटा केरा खाँदा महिलाको स्वास्थ्यमा हुने फाइदाहरु यहाँ जानकारी दिइएको छ ।
१. बाँझोपनबाट छुटकारा
केरामा पोटासियम पाउने हुदा अधिकांश महिलाहरुमा हुने बाँझोपनलाई छुटकारा दिलाउँछ ।

२. महिनावारीको समस्याः
केरामा हुने भिटामिन B6 ले महिनावारीको समस्या समाधान गर्न मदत गर्दछ ।

३. चम्किलो छाला
केरामा भिटामिन ‘इ’ पाइने भएकोले यो खाँदा छालामा चमक आउँने र चाउरीपनाबाट जोगाउँने गर्दछ ।

४ . रक्तअल्पत्ता
दैनिक रुपमा केरा खादा रक्तअल्पताबाट बचाउछ किनकि यसमा पाइने आइरनले हेमोग्लोबिन तथा राता रक्तकोष निर्माणमा सहयोग पुर्याउँने गर्दछ ।

५ . गर्भावस्था
केरामा पाइने अत्यधिक फोलिक एसिड जसले गर्भवतीको समयमा निकै फाइदा पुर्याउँछ ।

६ . मस्तिष्क क्षमता
दैनिक एउटा केरा खादा खाँदा दिमागको ताकत बढ्ने गर्दछ ।

७. तौल कम
केरामा मेटाबोलिजम तेज हुन्छ,जसले तौल घटाउन सहयोग गर्दछ ।

८. डिप्रेशन
केरामा पाइने ट्रिप्टोफेनले सकारात्मक सोच दिन्छ र मानिसलाइ सधै डिप्रेशनबाट बचाउँछ ।

९ . शक्तिबर्दक/तापक्रम
केकेरामा पाइने भिटामिन ‘C ‘ बाट कमजोरपन हट्छ र ऊर्जा प्राप्त हुन्छ । काम गर्नु अघी एउटा केरा खादा काम गर्ने जागर केही घण्टाको लागि बढ्छ । केराले शरीरको तापक्रम नियमित पनि गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई शीतल भएको महसुस हुन्छ।

१० . बलियो हड्डी
केरामा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउँने गर्दछ ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७३१५:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हप्तामा तीन पटक सम्म लगाउनाले बन्नेछ ,तपाइँको अनुहारको छाला आर्कषक