खाली पेटमा लसुन र मह नियमित रुपमा ७ दिनसम्म सेवन गर्नाले स्वास्थ्यमा हुन्छ नसोचेको फाइदा!

बिगुल स्वास्थ्य,   लसुन हामीलाई आवश्यक पर्ने एकदम शक्तिशाली प्राकृतिक उपहार हो । संसारको हरेक भान्छा कोठामा लसुनले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यसले खानाको स्वाद बढाउने काम गर्दछ । साथै काँचो लसुनको प्रयोगले धेरै रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । लसुनमा रोगलाई निको पार्ने गुण भएको कारणले गर्दा नै हामीले यस्को प्रयोगबाट रोगको रोकथाम र उपचार गर्न सक्दछौं ।

शरीरमा देखिनेछ यस्तो अद्भुत चमत्कार:

यसले रक्तचाप र बोसोलाई नियन्त्रण गर्ने , मुटुसम्बन्धि रोगहरु तथा ह्दयघात बाट बचाउने काम गर्दछ । र यसका साथै लसुनले एथिरोस्क्लेरोेसिसको ( धमनी कठोर हुने अवस्था ) विकासलाई रोक्दछ । लसुनले सामान्य रोगहरु जस्तै : रुघाखोकी , झाडापखाला , ढुसीको संक्रमणबाट लाग्ने रोगहरु , ज्वरो आदिबाट छुट्कारा दिलाउँछ । लसुनले मधुमेहलाई पनि नियन्त्रण गर्दछ । साथै शरीरको अनावश्यक विषालु पदार्थलाई हटाई प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँदछ । लसुनलाई अदुवा र प्याजसँग मिसाएर खानाले यसले शरीरलाई शुद्ध वा सफा बनाउने काम गर्दछ ।

लसुनलाई प्रयोग गर्ने राम्रो तरिका के हुनसक्छ ?

काँचो लसुनको प्रयोग सबैभन्दा राम्रो हुन्छ किनकी तातो बनाउनाले लसुनमा हुने सक्रिय तत्व एलिसिन विकेन्द्रिकरण हुने गर्दछ । लसुनलाई स–सानो टुक्रामा काटि धुलो बनाउनुहोस् । र त्यसलाई खानुअघि १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । अनि खाली पेटमा मात्र यसको प्रयोग गर्नुहोस् । किनकि भरेको पेटले खानाको पौष्टिक तत्व पूर्णरुपमा पचाउन सक्दैन ।
काँचो लसुन र महको प्रयोग :
२–३ टुक्रा गरी लसुनलाई काटि १ चम्चा महमा मिसाउनुहोस् । र यसको प्रयोग हरेक दिन गर्नुहोस् । यसले तपाइँलाई शक्ति प्रदान गर्नुको साथै स्वास्थ्य राम्रो बनाउँदछ ।

लसुनको अचार बनाउने तरिका :
यदि तपाइँको छाला धेरै नै संवेदनशील छ भने , हातमा पन्जाको प्रयोग गरी मात्र बनाउनुहोस् । किनकी केही पदार्थहरुले छालामा नराम्रो असर गर्न सक्दछ ।
सामाग्रीहरु :
१) ५ वटा लसुनलाई स–सानो टुक्रा गरी काटेको
२) २ वटा रातो खुर्सानीलाई स–सानो टुक्रा गरी काटेको
३) १ वटा कागतीको रस
४) १ चम्चा काटेको अदुवा
५) १ वटा काटेको प्याज
६) प्रशोधन नगरिएको एप्पल सिडर भिनेगार ( स्याउबाट बनाएको अमिलो पदार्थ )

बनाउने विधि :
एउटा ३५०–५०० मि.लि. को सफा जार लिनुहोस् । त्यसमा काटेको प्याज र काटेको लसुनलाई हाल्नुहोस् । त्यसपछि तातो रातो खुर्सानीलाई मिसाउनुहोस् । अनि अदुवालाई हाली कागतीको रसलाइ हाल्नुहोस् । त्यसपछि जैविक एप्पल सिडर भिनेगार ( स्याउबाट बनेको अमिलो पदार्थ ) लाई मिसाउनुहोस् । तपाइँले जारको छेउमा अलि खाली ठाउँ छोड्न जरुरी छ । त्यसपछि जारलाई राम्ररी बन्द गरी खानेकुरा राख्ने कोठामा भन्डार गर्नुहोस् । यसको प्रयोगले खोकी, चिसो , ज्वरो आदिबाट आराम मिल्दछ ।

प्रकाशित : बिहिबार, पुष २१, २०७३१५:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो पिउनुहोस् र बिहान उठ्दा देखिनुहोस अहिले भन्दा १० बर्ष जवान