प्रतिदिन मात्र ३ चम्चाको प्रयोगबाट पेटको बोसो तथा कोलेस्ट्रोल घटाउने उपाय

बिगुल स्वास्थ्य ,  हामी आफ्नो बोसो हटाउनको लागि धेरै मेहेनत गर्दछौं । जस्तै : आहारमा नियन्त्रण , दुब्लो हुने थेरापीहरु , तौल घटाउने व्यायाम आदि । तर सबै उपायहरु अपनाउँदा पनि त्यसबाट आएको परिणामदेखि के हामी सन्तुष्ट हुनसक्छौं त ? सबैभन्दा पहिला यसको लागि तौललाई कसरी घटाउने भन्ने कुरालाई हामीले बुभ्न जरुरी छ । तौल घटाउनको लागि २ वटा प्रक्रिया हुनु आवश्यक छ । ती हुन  पौष्टिक तत्वको आहार र क्यालोरी नष्ट गर्नु । क्यालोरीलाई नष्ट गर्ने भन्ने वितिक्कै हामी नियमित व्यायाम , योगा आदिलाई बुझ्दछौं । आज हामी तपाइँलाई घरेलु उपायको रुपमा लसुन र रेड वाइन (रक्सी) को मद्धतले तौल घटाउने उपायबारे जानकारी दिन्छौं ।

लसुन एक प्राकृतिक एन्टिबायोटिक हो । र यसमा पौष्टिक तत्व पाईन्छ , जस्ले तौल घटाउनमा मद्धत गर्दछ । लसुन र रेड वाइन (रक्सी) ) मा रोगलाई निको पार्ने गुण हुने कुरा तपाइँले पहिला पनि सुन्नभएकै होला । दुबैले मुटुसम्बन्धि स्वास्थ्यलाई राम्रो बनाउने र प्रतिरक्षा प्रणालीलाई सुधार गर्ने कार्य गर्दछ । साथै यसले शरीरको लागि आवश्यक शक्ति प्रदान गर्दछ । लसुन र रेड वाइन (रक्सी) ) दुबैलाई मिसाउनाले रोगलाई निको पार्ने गुण झन बलियो हुने गर्दछ ।
लसुन र रेड वाइन (रक्सी) को प्रयोगले तपाईको रगतलाई सफा गर्दछ । साथै यसले शरीरलाई बल प्रदान गर्ने, जिवाणुसँग लड्ने र प्रतिरक्षा शक्तिलाई बढाउने काम गर्दछ । त्यसैगरी यसको प्रयोगले पाचनशक्तिमा सुधार आउनुका साथै शरीरमा अनावश्यक बोसोलाई हटाउन मद्धत गर्दछ । यसका साथै यसले शरीरमा बढि भएको नुनको मात्रालाई हटाई सम्पूर्ण शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ ।

चाहिने सामाग्री :
१२ वटा लसुन
आधा लिटर रेड वाइन (रक्सी)

बनाउने विधि :
लसुनलाई खुर्केर स–सानो टुक्रा बनाई काटी एउटा जार ( पानीको भाँडो ) मा हाल्नुहोस् । त्यसपछि यसमा रेड वाइन (रक्सी) मिसाउनुहोस् । अनि राम्रोसँग जारलाई बन्द गरी घाम भएको ठाउँमा २ हप्तासम्म राख्नुहोस् । र प्रतिदिन यस जारलाई हल्लाउनुहोस् । २ हप्तापछि यस्लाई गाढा रंगको बोतलमा हाल्नुहोस् । त्यसपछि १ चम्चा यस पेयपदार्थलाई प्रतिदिन ३ पटक एक महिनासम्म पिउनुहोस् । र यसै प्रक्रियालाई फेरि ६ महिनापछि दोर्याउनुहोस् ।

लसुनले संक्रात्मक रोगहरुको किटाणुलाई मार्नुको साथै किटाणुसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । लसुनको पेयपदार्थको प्रयोगले नराम्रो बोसोलाई ( कोलेस्ट्रोल ) लाई हटाई मुटु वा रगतनलीसम्बन्धि रोगहरुलाई हटाउन मद्धत गर्दछ । त्यसैगरी लसुन उच्च रक्तचाप कम गर्न, रक्तनलीलाई फैलाउन पनि फाईदाजनक छ । तसर्थ यस किसीमको लसुनको पेयपदार्थले शरीरलाई स्वस्थ बनाउनमा मद्धत पुर्याउने भएकोले यसको प्रयोग धेरै नै फाईदाजनक छ । यदि तपाइँ रेड वाइन (रक्सी) लाई सहन सक्नुहुन्न भने, लसुनसँग पानीलाई मिसाएर पनि यस पेयपदार्थलाई बनाउन सक्नुहुन्छ ।

 

प्रकाशित : बुधबार, पुष २०, २०७३१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खाली पेटमा लसुन र मह नियमित रुपमा ७ दिनसम्म सेवन गर्नाले स्वास्थ्यमा हुन्छ नसोचेको फाइदा!