तातो पानी पिउनु स्वास्थ्यको लागि फाईदाजनक यस्ता छन् ५ कारणहरु !

बिगुल स्वास्थ्य ,  धेरै मानिसहरुले दिनको शुरुवात १ गिलास चिसो पानीबाट गर्छन्त र विशेषज्ञहरुको अनुसार उठ्ने बितिक्कै तातो पानी पिउनु स्वास्थ्यको लागि सबैभन्दा राम्रो हुन्छ । खाली पेटमा तातो पानी पिउनाले धेरै स्वास्थ्य सम्बन्धि फाईदाहरु हुन्छन् । यस्तो बानीले तपाइँको शरीरलाई स्वस्थ बनाउन मद्धत पुग्दछ । यसबाट तपाइँको पाचन प्रणालीमा सुधार आउँदछ । साथै यसले प्रतिरक्षा प्रणालीलाई असर गर्ने शरीरको विषालु पदार्थ हटाउनलाई पनि मद्धत पुर्याउँछ । तातो पानीको प्रयोगले तपाइँको शरीरमा हुने फ्रि रेडिकलहरुको गतिविधिलाई कम गरी विभिन्न रोगहरुबाट बच्न मद्धत गर्दछ । निम्न ५ कारणहरुले गर्दा हरेक बिहान तातो पानी पिउनु तपाइँको स्वास्थ्यको लागि फाईदाजक छ ।

१) पाचन शक्ति बढाउन सहयोग गर्छ (शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रियामा सुधार :
हरेक विहान खाली पेटमा १ गिलास तातो पानी पिउनाले पाचन शक्तिलाई बढाउनुको साथै शरीरिक क्रियाकलापमा सुधार ल्याउँदछ । यदि तपाइँ पेट दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने तातो पानी पिउनु फाईदाजनक छ । यसले तपाइँको पेट दुखाईको समस्या छिटै हटाउन मद्धत गर्दछ ।

२) तौल घटाउन सहयोग गर्छ ।
यदि तपाइँ आफ्नो तौल घटाउने प्रयासमा हुनुहुन्छ भने , विहान तातो पानी पिउने बानीले तपाइँको तौल घटाउने प्रक्रियामा सहयोग पुग्दछ । तातो पानीको प्रयोगले तौल घटाउनमा प्रभाव पार्नुको कारण शरीरको तापक्रमलाई बढाई चयापचयको दरलाई बृद्धि गर्नु हो । साथै यसले मृगौला तथा पेट र आन्द्रासम्बन्धि शारीरीक प्रक्रियालाई सुधार गर्दछ ।

३) शरीरको विषालु पदार्थ हटाउन मद्धत गर्छ:
हरेक विहान तातो पानी पिउनाले शरीरलाई हानि गर्ने विषालु पदार्थलाई हटाउन मद्धत गर्दछ । तातो पानीले पेटमा खाद्यपदार्थलाई टुक्रा पारी पाचन प्रक्रियालाई सहयोग गर्दछ । त्यसैगरी चिसो पानी पिउनाले यसले खाद्यपदार्थबाट तेल र बोसोलाई ठोस रुपमा अलग्याउन मद्धत गर्दछ ।

४) बृद्ध प्रक्रियालाई ढिला गर्दछ :
खाली पेटमा तातो पानीको प्रयोगले समयभन्दा पहिला नै बृद्ध हुने प्रक्रियालाई रोक्दछ । शरीरमा हुने विषालु पदार्थले रोग निम्त्याउनुका साथै समयभन्दा अगाडि नै बृद्ध अवस्थामा पुर्याउँदछ । त्यसैले तातो पानीको प्रयोग नियमित रुपमा गर्नु अति आवश्यक छ । यस्ले रोगहरुबाट बचाउनुको साथै बृद्ध हुने प्रक्रियालाई ढिलो गर्दछ । तातो पानीले शरीरको सेललाई सुधार गर्नुको साथै शरीरको लचिलोपनालाई बढाउन पनि मद्धत गर्दछ ।

५) दुखाईबाट मुक्ति दिलाउँछ: 
१ गिलास तातो पानीले टाउको दुखाई , रजस्वलासम्बन्धि समस्याबाट मुक्ति दिलाउँछ । तातो पानीले मांसपेशीहरुको तनावलाई कम गर्नुको साथै दुखाईबाट आराम दिलाउँछ । विभिन्न अध्ययन अनुसन्धानअनुसार तातो पानीको प्रयोगले शरीरको विभिन्न सञ्चालन प्रक्रियामा सहयोग गर्दछ । साथै यसले विभिन्न मांसपेशी समस्याहरुबाट पनि छुट्कारा दिलाउँछ ।

प्रकाशित : बुधबार, पुष २०, २०७३१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रतिदिन मात्र ३ चम्चाको प्रयोगबाट पेटको बोसो तथा कोलेस्ट्रोल घटाउने उपाय