बाथ, मधुमेह र कोलस्ट्रोलबाट छुट्कारा पाउन ‘अदुवाको जुस’ [ यस्तो छ घरेलु उपाय ]

एजेन्सी – अदुवाको प्रयोग खाना बनाउन गरिन्छ । किनकी यसबाट खानाको स्वाद बढ्नुको साथै रोगहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । अदुवा खानुभन्दा एक कप जुस बनाई पिउनाले धेरै फाईदा मिल्नसक्ने कुरालाई तपाइँले कहिल्यै सोच्नुभएको छ ? अदुवाको जुस बनाई पिउनाले चिसो लाग्नु, जोर्नीको दुखाई, पेटको समस्या , घाँटि दुख्ने , मधुमेह , बोसो बढ्ने समस्या तथा क्यान्सर जस्ता रोगहरुबाट बच्न सक्नुहुन्छ ।

अदुवाको जुस पिउनाले हुने फाईदाहरु निम्न अनुसार छन्:

मधुमेहलाई नियन्त्रण गर्नु:
अदुवाको जुसमा एन्टि डायबिटिक गुण हुन्छ । जस्ले ब्लड शुगरलाई कम गर्दछ । र एक गिलास अदुवाको जुसले ग्लुकोजको मात्रालाई पनि नियन्त्रण गर्दछ ।
क्यान्सरबाट मुक्ति:
अदुवामा केही पदार्थ यस्ता हुन्छन् , जस्मा एन्टि क्यान्सर गुण पाईन्छ । र यस्ले क्यान्सरलाई रोक्ने काम गर्दछ ।
बोसोलाई कम गर्नु:
अदुवाको जुसले ग्लुकोजलाई नियन्त्रण गर्नुको साथै बोसोको मात्रालाई कम गर्ने काम गर्दछ ।
बाथको दुखाईबाट मुक्ति:
अदुवामा दुखाइबाट मुक्ति दिलाउने गुण हुन्छ । त्यसैले बाथ रोगीको दुखाई कम गर्न एकदमै फाईदाजनक छ ।
बनाउने विधि:
अदुवाको टुक्रालाई धोएर काट्नुहोस् । र त्यसपछि यसलाई पिसेर जुस निकाल्नुहोस् । यस जुसमा तपाइँले कागतीको जुस र मह मिसाएर पिउन सक्नुहुन्छ ।

प्रकाशित : शनिबार, पुष १६, २०७३१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मधुमेह अर्थात् ‘सुगर’ को रोकथाम लागि अश्वगन्धा, नपुंसकता र शीघ्रस्खलनको त ‘काल’