बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपायहरु यस्ता छन्

एजेन्सी – आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं ।                                                                                                                                                                               निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छ:
१) धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी , आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।
२) गहँुको रोटि मात्र खानुभन्दा गहँु, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।
३) दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।
४) मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।
५) दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।
६) पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।
७) अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।
८) हरियो मरिच वा कालो मरिच खानामा राखी खानाले तौललाई घटाउन सक्दछ । एक खोजअनुसन्धानमा पाईएको छ की तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाईने तत्व कैप्साइसिनले गर्दा चाडैं भोक लाग्दैन । जस्ले गर्दा तौल घटाउन मद्धत पुग्छ ।
९) एक चम्चा पुदिनाको रसलाई २ चम्चा महसँग मिलाउनुहोस् । र यसलाई नियमित रुपमा प्रयोग गर्नाले मोटोपन घट्दछ ।
१०) सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै मात्रामा गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँदछ। पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्दछ ।
११) खानासँगै गोलभेडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन सी , भिटामिन ए , भिटामिन के , आइरन, पोटासियम , लाइकोपीन र ल्युटिन प्राप्त हुन्छ । यसलाई खानाले पेट चाडैं भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।
१२) विहान उठ्ने बितिक्कै २५० ग्राम गोलभेडाको रस २–३ महिनासम्म पिउनाले पेट भित्र पस्दछ ।

प्रकाशित : शनिबार, पुष १६, २०७३१६:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाथ, मधुमेह र कोलस्ट्रोलबाट छुट्कारा पाउन ‘अदुवाको जुस’ [ यस्तो छ घरेलु उपाय ]