‘पुदिना’ का ८ आचार्यजनक फाईदाहरु यसप्रकार छन्

एजेन्सी – पुदिना गाउँघरमा अचार अथवा चट्नीको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । केहि औषधीय रुपले पनि प्रयोग भएको भएपनि तर यसका अन्य धेरै फाइदाबारे थाहा नुहन पनि सक्छ । यो स्वास्थ्यका लागि निकै फाइदाकारीका साथै सुन्दरता निखार्न पनि उपयोगी मानिन्छ ।
पुदिनाका केही फाइदाहरु यसप्रकार छन्:

१. पुदिनामा हुने फाइबरले कोलस्ट्रोल कम गर्न मद्दत गर्छ ।

२. यसले हड्डी बलियो बनाउँछ ।

३. पुदिनाको पातको रस कागती र महसँग समान मात्रामा मिलाएर खानाले पेटसम्बन्धी रोगबाट राहत मिल्छ ।

४. पुदिनाको पातको रस कालो मरिच वा बिरे नुनसँग चिया जस्तै बनाएर खानाले ज्वरोखोकीमा आराम मिल्छ ।

५. महिनावारी भएको बेला पुदिनाको सुकेको पातको धुलो महसँग मिसाएर दिनमा दुई तीनपटक खानाले आराम मिल्छ ।

६. घाउमा पुदिनाको रस लाउँदा चाँडै निको हुन्छ भने छालाको समस्यामा यसको पातको लेप लाउँदा राहत हुन्छ ।

७. पुदिनाको सुकेको पातको धुलोले दाँत माझ्नाले मुखको दुर्गन्ध कम हुन्छ ।

८. घाँटी दुखेको भए पुदिनाको रसलाई नुन पानीमा मिलाएर कुल्ला गर्नाले आराम मिल्नुका साथै आवाज पनि खुल्छ ।

प्रकाशित : शनिबार, पुष १६, २०७३१५:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपायहरु यस्ता छन्