यो हो, शिघ्रपतन,आर्थराइटिस्,ढाड/जोर्नी/हड्डी र शरीरको दुखाई आँखा पोल्ने र चिलाउने लगायत सयौं रोगको एउटै औषधी 

एजेन्सी – सिडा कोर्डिफोलिया र कन्ट्री मैलोलाई नै आयुर्वेदमा बाला भन्ने गरिन्छ । बालाको अर्थ शक्ति हो । यसको मतलब यो हो की बालाको मद्धतले हामीले आफ्नो शरीरलाई शक्तिले भर्न सक्दछौं । वास्तवमा बाला प्राचीन आर्युवेदिक जडिबुटि हो । जस्ले हड्डी , मांसपेशी र शरीरको जोर्नीहरुलाई बलियो बनाउने काम गर्दछ । बालाको वानस्पतिक नाम नै सिडा कोर्डिफोलिया हो । बालामा असंख्य औषधिय गुणहरु पाईन्छ । आज तपाइँलाई यसैबारे हामी जानकारी दिन्छौं ।
मुत्राशयमा जलन:
जुन मानिसलाई मुत्राशयमा जलन हुन्छ । त्यस्ता ब्यक्तिले बालाको प्रयोग सजिलैसँग गर्न सक्छन् । आर्युवेदमा बालाको धेरै महत्व छ । बालाले सामान्य रोगहरुको उपचार गर्ने मात्र नभई आन्तरिक समस्यालाई हटाउन पनि मद्धत गर्दछ । मुत्राशयमा जलन पानी कम पिउनाले र अरु समस्याको कारणले हुनसक्छ ।                              
पित्तबाट सुरक्षा:
पित्त र वातसम्बन्धि समस्या कस्लाई कतिखेर हुन्छ भनि भन्न सकिदैंन । तर बालाले दुबै रोगबाट मुक्ति दिलाउँछ । बालाले शारिरीक गड्बढिको कारणले गर्दा हुने समस्याहरुबाट छुट्कारा दिलाउन मद्धत गर्दछ । पित्त र वात यस्तो रोग हो , जुन अचानक हुन्छ । आर्युवेदअनुसार यस्तो अवस्थामा बालाको प्रयोग लाभदायक हुन्छ ।
शुक्रला:
बालाले शुक्रला गुणलाई पनि बढाउँछ । अब शुक्रला भनेको के हो ? भन्ने प्रश्न उठ्न सक्छ । शुक्रला एउटा धातु हो । आयुर्वेदमा यसलाई वीर्य बढाउने हेतुले प्रयोग गरिन्छ । साथै वीर्यको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्दछ । बालाले शुक्राणु बढाउने र राम्रो बनाउनमा महत्वपूर्ण भुमिका खेल्दछ । यसले महिला र पुरुष दुबैमा समान प्रभाव पार्दछ । यसले प्रजननमा पनि प्रभाव पार्दछ । यसबाहेर्क यौनसम्बन्धि समस्या हुने पुरुषको निम्ति पनि बाला धेरै नै उपयोगी छ । खासगरि शीघ्रस्खलनको समस्याबाट मुक्ति पाउन बालाको प्रयोग गर्न सकिन्छ । आर्युवेदले पनि यस्तो समस्याबाट छुट्कारा पाउन बालाको प्रयोग गर्न सल्लाह दिन्छ ।
प्रज्वलनरोधी:
बालामा प्रज्वलनरोधी गुण पनि पाईन्छ । बालाको मद्धतले हरेक किसीमको घाउहरु निको पार्न सकिन्छ । त्यसैगरी आँखा सुनिने वा जलनमा पनि बालाको पेस्ट लगाउनाले आराम मिल्दछ । यतिमात्र नभई अर्थराइटिस ( जोर्नी सुनिएर दुख्ने रोग ) सम्बन्धि समस्या भएमा पनि बालाले निको पार्दछ । त्यसैगरी बालाको तेललाई जोर्नीमा लगाउनाले जोर्नीसम्बन्धि दुुखाई कम हुनुका साथै जलन भएको अंगमा लगाउनाले आराम मिल्दछ ।                                              

कार्डियक टनिक:
बालाले ह्दयसम्बन्धि रोगहरु हटाउन मद्धत गर्दछ । यसको नियमित प्रयोगले विशेषज्ञको अनुसार हैेमरेज ( रगतको अत्यधिक बहाव हुने ) रोगबाट बच्न सकिन्छ । विशेषज्ञको सल्लाह अनुसार यस रोगको लागि बालाको विरुवाको प्रयोग राम्रो हुन्छ ।
पेटको समस्याको लागि लाभदायक:
सिडा कोर्डिफोलियाले पेटको गतिशिलतालाई नियन्त्रण गर्दछ । बालाले पेटको पोषक तत्व र पानीलाई सोस्दछ । जुन शरीरको राम्रो स्वास्थ्यको लागि जरुरी छ । यदि तपाइँलाई पेटसम्बन्धि समस्या छ भने , बालाको प्रयोग गर्नुहोस् । जस्ले गर्दा पेट र शरीर दुबैलाई आराम मिल्दछ ।

नशाको लागि पनि उपयोगी:
बालाले बनेको तेललाई दिनहुँ मालिस गर्नु तपाइँको नशाको लागि उपयोगी छ । यो तेलले नशालाई उत्तेजित पार्दछ । पक्षघात रोगबाट ग्रसित मानिसको लागि एकदमै उपयोगी छ । यस तेललाई रोगीको शरीरमा राम्ररी मालिस गर्नुहोस् । यसले शरीरमा उत्तेजनालाई बढाउँछ । यसका साथै सर्विकल स्पोंडिलोसिस , फेशियल प्यारालाइसिस जस्ता रोग भएको मानिसमा पनि यस तेलको प्रयोग गर्न सकिन्छ ।                                        

प्रकाशित : शुक्रबार, पुष १५, २०७३१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पुदिना’ का ८ आचार्यजनक फाईदाहरु यसप्रकार छन्