यी ६ कुरा जसले छालाको क्यान्सरबाट बचाऊछ ! बिकराल बन्दै गएको क्यान्सरबाट अवश्य बचौं

एजेन्सी – क्यान्सर एउटा भयानक शब्द हो । जस्को नाम सुनेरै मानिसहरु तर्सने गर्दछन् । क्यान्सर विभिन्न प्रकारको हुन्छ । र यो विभिन्न कारणले लाग्ने गर्दछ । आज हामी तपाइँलाई छालामा हुने क्यान्सर बारे जानकारी दिन्छौं ।

हरेक मानिसको शरीरमा आन्तरिक परिवर्तन , आश्यकता र कमीलाई पूरा गर्ने क्षमता हुन्छ । तर कहिलेकाहिं आन्तरिक प्रणाली मानिसको लागि घातक सिद्ध हुन्छ । छालाको क्यान्सर सबैभन्दा राम्रो उदाहरण हो । हाम्रो शरीरमा कोषिकाको निर्माण गर्ने र त्यसलाई परिवर्तन गर्ने क्षमता हुन्छ । हाम्रो शरीरमा कहिलेकाहिं नवनिर्मित कोषिकाहरुको आवश्यकता हुदैंन । त्यतिबेला पनि हाम्रो शरीरले त्यसको निर्माण गर्दछ । जस्को परिणामस्वरुप हामी छालाको क्यान्सर जस्तो घातक रोगको शिकार बन्न पुग्छौं । यसबाहेक धेरै अन्य कारणहरु पनि छन् । जस्ले गर्दा छालाको क्यान्सर हुने संभावना रहन्छ ।
अन्य कारणहरु:
१) धेरै समयसम्म घाममा काम गर्ने र समय बिताउनाले पनि छालाको क्यान्सर हुनसक्छ ।
२) तपाइँको सम्पर्क दिनहँु हुने नजिकको साथी वा परिवारको सदस्यहरुमा छालाको क्यान्सर भएमा पनि हुनसक्छ ।
३) सामान्यभन्दा बढि तपाइँको शरीरमा कोठि (तिल) को संख्या देखिएमा पनि छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।
४) यदि तपाइँलाई घाममा निस्कनाले छालामा जलन महशुस हुन्छ भने पनि छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।
५) तपाइँको छाला , कपाल र आँखा हलुका रंगको देखिएमा छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।

उपरोक्त कारण तपाइँमा देखिएमा तुरुन्तै कुनै छालासम्बन्धि विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । यसको प्रारम्भिक अवस्थामा नै उपचार गरिएमा कम नोक्सान हुने सम्भावना रहन्छ ।

छालामा हुने क्यान्सरको प्रकार:

१) बेसल सेल कार्सिनोमा ( बी.सी.सी )
बेसल सेल कार्सिनोमा छालामा हुने क्यान्सरमध्ये एक मुख्य प्रकार हो । यसको असर सूर्यको किरण सिधै पर्ने शरीरको भागमा हुने गर्दछ । जस्तै ः शरीरको माथिल्लो भाग, अनुहार, कान र टाउको । शरीरको छालाको सबैभन्दा तलको भाग जहांं मुख्य कोषिकाहरु हुने ठाउँमा बेसल सेल कार्सिनोमाले प्रभाव पार्दछ । यो क्यान्सरले शरीरमा विस्तारै आफ्नो असर देखाई अरु भागलाई पनि समेट्दछ ।                                                        

लक्षण:
१) धेरै संख्यामा गाठोगुठ्ठी देखिनु ।
२) कुनैप्रकारको घाउ हुनु र निको भएपछि पनि पुनः समस्या हुनु ।
३) गाँठोगुठ्ठी जुन मुख्यः रुपमा गुलाबी र हलुका तरिकाले बाहिर निस्किएको हुनु ।
४) शरीरमा मैन जस्तो दागधब्बाको निर्माण हुनु ।                                        

२) स्क्वैमस सेल कार्सिनोमा:
यस क्यान्सरको असर सबैभन्दा बढि प्रजनन अङ्ग वा मुखको भित्री भागमा हुने गर्दछ । शरीरमा यस क्यान्सरको प्रभाव छालाको माथिल्लो तहमा पर्दछ ।                                                              

लक्षण:
शरीरमा रातो दागधब्बाको निर्माण हुनु ।

३) मेलानोमा:
यस क्यान्सरले खासगरी हाम्रो छालालाई रंग दिने छालाको कोषिकालाई प्रभाव पार्दछ । यो क्यान्सरले शरीरको माथिल्लो भागमा छिटै संक्रमण गर्दछ ।                                                                                                            
उपचारः
१) टन्टलापुर घाममा बाहिर ननिस्कनुस् ।
२) तपाइँको शरीरलाई सूर्यको हानिकारक किरणहरुबाट बचाउनुहोस् । त्यसको लागि आवश्यकताअनुसार कपडा लगाउनुहोस् । जस्ले गर्दा हानिकारक किरणले तपाइँलाई कुनै प्रभाव नगरोस् ।
३) गर्मी मौसममा सूर्यको हानिकारक किरणबाट बच्न सनस्क्रीमको प्रयोग गर्नुहोस् ।
४) तपाइँलाई छालाको क्यान्सर कस्तो हुन्छ भन्ने बारे जान्न जरुरी छ । जस्को कारणले तपाइँ सर्तक रहन सक्नुहुन्छ ।
५)प्रत्येक महिनामा छालासम्बन्धि विकार उत्पन्न भएमा योग्य चिकित्सकलाई देखाउनुहोस् ।
६) छालासम्बन्धि समस्या धेरै भएमा छाला रोग विशेषज्ञलाई देखाउनुहोस् ।

प्रकाशित : मङ्गलबार, पुष १२, २०७३१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अपच देखि गर्भावस्थासम्म, सबै खाले स्वास्थ्य समस्याहरुको यस्तो अचुक औषधी ‘साबदाना’