अपच देखि गर्भावस्थासम्म, सबै खाले स्वास्थ्य समस्याहरुको यस्तो अचुक औषधी ‘साबदाना’

एजेन्सी – व्रतको समयमा फलफूलको आहार एउटा राम्रो विकल्प हुनुका साथै दुधमा पकाइने साबुदानाले शरीरको पोषणको आवश्यकतालाई पूरा गर्नमा मद्धत गर्दछ । पाचन समस्यालाई रोक्ने देखि स्वस्थ गर्भावस्थासम्म , आफ्नो सबै स्वास्थ्य समस्यालाई तपाइँ यसै साबुदानामा छोड्नुहोस् ।

धेरै मानिसहरु साबुदानाको रुपमा चिनिने टेपिओकालाई आफ्नो भान्छा कोठामा राख्न मनपराउँछन् । साबुदाना एक खाद्यपदार्थ हो । यो स–सानो मोतीको रुपमा सेतो र गोलो हुन्छ । यसको प्रयोग पापड, खीर र खिचडी बनाउन गरिन्छ । साथै सुप र अन्य चीजलाई गाढा बनाउन पनि यसको प्रयोग गरिन्छ । व्रतको समयमा साबुदाना फलाहारी भोजनको लागि एउटा राम्रो विकल्प हो । साबुदानामा कार्बोहाइ«ेट मुख्य रुपमा पाईन्छ । साथै केही मात्रामा क्याल्सियम र भिटामिन ‘सी’ पनि पाईन्छ । दक्षिण अमेरिका र ब्राजिल जस्तो देशहरुमा पनि साबुदाना संसारमा सबैभन्दा बढि बिक्रि हुुने बिरुवाहरुमा एक हो । साबुदानाबाट धेरै लाभ लिन सकिन्छ ।                                                                     

यसका केही फाईदाहरु निम्नअनुसार छन्, लाभ:

मांसपेशीको बृद्धि:
यदि तपाइँ शाकाहारी हुनुहुन्छ । र प्रोटिनको राम्रो स्रोतको खोजीमा हुनुहुन्छ , भने साबुदानाले तपाइँको समस्यालाई समाधान गर्न सक्छ । यसमा प्रोटिन धेरै मात्रामा पाईन्छ । जस्ले मांसपेशी बृद्धि गर्न र बलियो बनाउन मद्धत गर्दछ । यसबाहेक यसमा भएको प्रोटिनले घाउलाई निको पार्न र अरु कोशिकाको कामलाई राम्रो गर्न सहयोग गर्दछ ।
पाचनप्रक्रिया
साबुदाना पाचन प्रक्रियाको लागि पनि धेरै फाईदाजनक छ । यसले कब्जियत , अपच , सुनिने र पेट फुल्ने जस्ता पाचनसम्बन्धि समस्याहरुलाई हटाउन मद्धत गर्दछ । साथै यस्ले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न पनि मद्धत गर्दछ ।
जन्मजात दोषसँग लड्छ:
साबुदानामा अवस्थित फोलिक एसिड र भिटामिन ‘बी’ ले भ्रूण ( पेटभित्रको बच्चा ) को विकासमा मद्धत गर्दछ । यसको नियमित प्रयोगले जन्मजात दोष , न्यूरल ट्यूब कमजोरीहरु रोक्नको लागि सहयोग पुर्याउँछ ।

रक्तचापको नियन्त्रण:
साबुदानाको प्रयोगले रक्तचाप नियन्त्रण गर्नमा मद्धत गर्दछ । यसमा पाईने पोटासियमले रगतको स्वस्थ प्रवाहलाई बढाई ह्दयको तनावलाई कम गर्दछ ।                                    
शक्तिको स्रोत:
दिनभर काम गर्नाले शरीरको शक्ति घट्दछ । तर तपाइँले आहारमा साबुदानालाई समावेश गर्न सकिएमा शरीरलाई शक्ति प्राप्त हुन्छ । साबुदानामा कार्बोहाइड्रेट धेरै मात्रामा पाईन्छ । र बोसाको मात्रा कम हुन्छ । त्यसैले छिटै शक्ति मिल्दछ ।

हड्डी स्वास्थ्य:
साबुदानामा पाईने क्याल्सियम, आयरन र भिटामिन ‘के’ हड्डीको स्वास्थ्य बनाईराख्नमा र लचकताको लागि धेरै फाईदाजनक छ । दिनभरको गाह्रो क्रियाकलापहरु बाट भएको थकानलाई मेटाउन पनि यसले मद्धत गर्छ ।
तौल बढाउन:
यदि तपाइँको तौल धेरै कम छ । र तपाइँ आफ्नो तौल बढाउन चाहनुहुन्छ , भने साबुदानाले तपाइँको आवश्यकतालाई पूरा गर्दछ । साबुदानामा धेरै मात्रामा कार्बोहाइड्रेट पाईन्छ । जस्को मद्धतले चाडैं तपाइँले आफ्नो तौललाई बढाउन सक्नुहुन्छ । असन्तुलित खानपानबाट पिडित मानिसहरुको लागि पनि साबुदाना एक राम्रो उपाय हो ।                                        

प्रकाशित : मङ्गलबार, पुष १२, २०७३१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण पिसाब गरिसकेपछि लगातार ट्वाइलेट सफा गर्नु हुँदैन: सायद यो कुरा हामी धेरैलाई थाहै छैन