बुढो अर्थात् ‘बृद्ध’ हुनै नदिई लामो समयसम्म जवान देखिने प्रयोग गर्नुहोस् यो “फल”

एजेन्सी – जवान रहन र देखिनको लागि मानिसहरु विभिन्न तरिकाले कोशिश गर्दछन् । घण्टौंसम्म जीम गरेर पसिना बगाउँछन् । विभिन्न योगहरुको सहायता लिन्छन् । तरपनि बुढापनबाट छुट्कारा पाउन सक्दैनन् । यदि तपाइँ आफ्नो सुन्दरता र शरीरलाई लिएर चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाइँको लागि एकदम लाभदायक छ ।                            
‘डुम्री’ फलले बुढापनलाई बिश्राम दिनसक्ने कुरा खोज अनुसन्धानबाट पत्ता लगाइएको छ । दुम्रीमा यस्तो तत्व पाईन्छ । जस्ले जवान देखिन मद्धत गर्दछ । सबैभन्दा पहिला दुम्रीमा यस तत्वको २०१० मा लखनऊस्थित एनबीआरआईको बैज्ञानिकले एक अनुसन्धानबाट पत्ता लगाएको थियो ।
फ्री रेटिकलको उत्पति:
मेडिकल साइन्सको अनुसार बढ्दै गएको उमेरसँगै शरीरमा फ्री रेटिकलको उत्पत्ति हुन्छ । र यही फ्री रेटिकलले मानिसलाई बुढो बनाउँछ । एनबीआरआईको बैज्ञानिकहरुले यस्को अनुसन्धानबाट पत्ता लगाएको हो । दुम्रीमा एन्टिअक्सन कम्पोनेन्ट धेरै मात्रामा पाईन्छ । जस्ले एन्जिग डिस्अडरलाई रोक्ने काम गर्दछ । यस्को अर्थ उमेरभन्दा पहिला बुढो हुने अवस्थालाई रोक्नु हो ।
यसलाई फारसीमा अंजीर आदम, अरबीमा जमीझ र संस्कृतमा उदुम्बर भनिन्छ । शास्त्र र आयुर्वेदमा यसको असिमित औषधिय गुणको बारेमा भनिएको छ । यस अनुसन्धानले पहिले नै जानकारी भएकाहरुलाई धेरै उत्साहित गरेको छ । र उनीहरुले पनि दुम्रीको प्रयोगबाट बुुढापनलाई हटाउन सक्ने कुरामा समर्थन दिएका छन् ।

प्रकाशित : आइतबार, पुष १०, २०७३१८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक छिनमै दाँतको किरा मार्ने अचुक घरेलु उपाय, दाँत सम्बन्धी सम्पूर्ण रोगका निम्ति अति उपयोगी