यसरी ७ दिनमै रगतको कमी अर्थात् ‘रक्ताल्पता’ बाट छुट्कारा (घरेलु उपाए)

एजेन्सी – व्यस्त जीबनमा पुरुषहरुलाई शरीरमा रगतको कमी भईरहेको छ भन्ने थाहा नै हुदैन । पुरुषहरुमा रगतको कमी बढि मात्रामा देखिएको कुरा हालसालै भएको नयाँ अनुसन्धानबाट अगाडि आएको छ । र विस्तारै यस्ले उनीहरुको स्वास्थ्यमा नराम्रो असर गरिरहेको छ । शरीरमा रगत धेरै प्रकारको तत्वले बन्छ ।

त्यसमध्ये आइरन पनि एक हो । जस्लाई हामी हेमोग्लोबिन पनि भन्ने गर्दछौं । व्यस्त जीवनमा शरीरमा प्रोटिनको प्रर्याप्त मात्रा नमिलेको कारणले गर्दा रगतको कमी भइरहेको छ । त्यसैले रगतलाई बढाउने खाद्यपदार्थको उपभोग गर्नु जरुरी छ । यदि रगतको कमी कुनै रोगको कारणले भएको छ भने , त्यसको उपचार गर्नुहोस् । तर धेरैजसो समस्याहरु उचित पोषणको कमीले गर्दा हुन्छ ।

रगत बढाउने खाद्यपदार्थहरु:

१) मेथी: रगतको कमीलाई हटाउनको लागि मेथी नियमित रुपमा खानुहोस् । यस्ले रगतलाई सफा पनि गर्छ । साथै स्वास्थ्यको लागि मेथी धेरै नै फाईदाजनक छ । आइरनको मात्रा बढि हुने भएकोले यस्ले शरीरमा हेमोग्लोबिनलाई ठिक गर्दछ । पुरुषहरुले मेथीको प्रयोग गर्नु राम्रो हुन्छ ।                                             

२) केरा: केरामा पाईने प्रोटिन, आइरन र खनिज पदार्थहरुले तपाइँको शरीरको रगतलाई बढाउँछ । त्यसैले दुधसँग हरेक बिहान केरा खानुहोस् । केरा खानाले तपाइँको अरु रोगहरु जस्तै ः अल्सर ,मृगौलासम्बन्धि रोग , आउँ र आँखाको समस्यालाई निको पार्न मद्धत गर्दछ ।

३) छोकडा: पुरुषहरुको रगतको कमीलाई हटाउन छोकडा फाईदाजनक हुन्छ । छोकडालाई दुधमा हालेर चपाएर खानाले तपाइँको शरीर निरोगी र स्वस्थ रहन्छ ।

४) गाजर: गाजरको प्रयोग विभिन्न किसीमले गर्न सकिन्छ । गाजरमा आइरन धेरै मात्रामा पाईन्छ । गाजरले चाँडै नै रगतको मात्रालाई बढाउने काम गर्दछ । तपाइँले गाजरको हलुवा बनाई पनि खान सक्नुहुन्छ ।                             

५) पालुङ्गो: आयुर्वेदमा र आधुनिक चिकित्सामा पालुङ्गोलाई रगतलाई बढाउने आहार भनिएको छ । यदि तपाइँले केही दिनसम्म पालुङ्गोको प्रयोग गर्नु भएमा तपाइँको शरीरमा रगतको कमी देखिदैंन । यस्मा आइरन धेरै मात्रामा भएको कारणले गर्दा हेमोग्लोबिनलाई बढाउन मद्धत गर्दछ । रोगहरुले गर्दा शरीरमा रगतको कमी देखिएमा पालुङ्गोको पातलाई सफा पानीमा पखाली जुस बनाई हरेक बिहान र बेलुका पिउनुहोस् ।

प्रकाशित : आइतबार, पुष १०, २०७३१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुढो अर्थात् ‘बृद्ध’ हुनै नदिई लामो समयसम्म जवान देखिने प्रयोग गर्नुहोस् यो “फल”