सात दिनमै ‘सेतो कपाल’ कालो, साथै रेशमी र चमकदार कपाल पाउनुहोस् !

सबैलाई कालो कपाल मनपर्छ । तर बृद्ध अवस्था भन्दा पहिला नै कपाल सेतो हुन थाल्यो भने मनमा डर उत्पन्न हुन्छ । तपाइँले थाहा पाउन जरुरी छ की खेल्ने खाने उमेरमा नै किन कपाल सेतो हुन्छ । जब कपालमा मिलेनिन पिगमेंटेशनको कमी हुन्छ , तब कपालको कालो रङ्ग हटेर सेतो बन्दछ । आजभोली कपाल सेतो हुने साधारण कुरा भईसकेको छ । त्यसैले यस कुरामा डराउनुपर्ने आवश्यकता देखिदैंन । आज हामी तपाइँलाइ केही घरेलु उपायहरुबारे जानकारी दिन्छौं । जस्लाई अपनाउनाले तपाइँको सेतो बन्दै गइरहेको कपाल कालो हुनेछ । यस्को उपायहरु निम्नप्रकार छन् ।
अमला:
अमला र अमलाको धुलो दुबैले कपाललाई कालो बनाउन मद्धत गर्दछ । अमलाको रसलाई बदामको तेलमा मिसाएर कपालमा लगाउनाले कपाल कालो हुन्छ । अमलाको रसले कपाललाई सेतो हुनबाट बचाउनको लागि कपाल र टाउकोको छालामा अमलाको रस लगाउनुहोस् । यसबाट कपाल टल्किने र नरम हुन्छ ।                                              
कालो चिया:
एउटा भाँडामा पानी हाल्नुहोस् । त्यसमा २ चम्चा चियापट्टि हालेर उमाल्नुहोस् । र पानीलाई चिसो बनाई छानेर कपालमा लगाउनुहोस् । यसलाई लगाई सकेपछि शैंपु नलगाउनुहोस । किनकी यसले कालो हुने प्रक्रियालाई रोक्दछ ।
करी पात:
करी पातलाई तपाइँ चटनीको रुपमा खान सक्नुहुन्छ । यसलाई खानाले कपाललाई सेतो हुनबाट बचाउन सकिन्छ ।
कपालमा लगाउने तेल:
नरिवलको तेललाई करी पात र अमलासँगै तताउनुहोस् । यस तेललाई नियमित रुपमा लगाउनाले कपाल बलियो भई कपाल कालो हुनेछ ।
कम उमेरमा कपाल सेतो हुने युवावर्गको लागि एक साधारण समस्या हो । असमयमा नै कपाल सेतो हुनुको धेरै कारणहरु हुनसक्छन् । जस्मा अनियमित दिनचर्या, खाद्यपदार्थमा पोषक तत्वको कमी , कमजोरी र वंशाणुगत मूख्य हुन् । यस्तोमा कपाललाई कालो बनाउने प्राकृतिक उपायभन्दा राम्रो अरु केही हुन सक्दैन ।                                                     सेतो कपाललाई कालो बनाउने केही प्राकृतिक उपायहरु निम्नअनुसार छन् :-
–अमलाको रसायन आधा चम्चा हरेक दिन खानाले कपाल प्राकृतिक रुपमा जरादेखि कालो बन्दछ ।
–अमलाको केही टुक्रालाई नरिवलको तेलमा उमाल्नुहोस् । तेललाई अमला कालो नभएसम्म उमाल्नुहोस् । यसलाई नियमित रुपमा कपालमा लगाउनाले कपाल कालो हुनेछ ।
–मेथीलाई रातभरी पानीमा भिजाएर राख्नुहोस् । बिहान मेथीलाई दहीमा पिसेर कपालमा लगाउनुहोस् । एक घण्टा पछि कपाल पखाल्नुहोस् ।                                                                                
–सूर्यमुखी , गहँु , खुर्पानी र पालुङ्गो आदि आइरन तत्वलाई बढि मात्रामा खानुहोस् । केरा, गाजर जस्तो आयोडिनयुक्त खाद्यपदार्थ पनि फाईदाजनक हुन्छ । यसबाहेक भिटामिन बी५ र बी२ लाई पनि खाद्यपदार्थमा समावेश गर्नु राम्रो हुन्छ ।

प्रकाशित : आइतबार, पुष १०, २०७३१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य नमस्कार: एक यस्तो योग जस्ले गम्भिर र घातक रोगबाट मिल्छ मुक्ति: (आसन र बिधि सहित)