तपाईको दुब्लोपन केहि दिनमै चट, यस्ता छन् घरेलु उपाए…

एजेन्सी – तपाइँले दैनिक गर्ने शरिरिक परिश्रम, शरीरमा उत्पादन हुने हर्मोनको परिवर्तन तथा विभिन्न रोगरुका कारणले मानिसमा दुब्लोपन र कमजोरीका समस्याहरु देखा पर्दछन् । आवश्यकता भन्दा अत्यधिक तौल भएको खण्डमा  शरीरमा शक्तिको कमी हुने गर्दछ । जसले विभिन्न किसिमको रोग निम्त्याउन सक्छ । हाम्रो वरिपरि यस्ता धेरै खानेकुरा छन् जसले सेवनबाट दुब्लोपनको समस्याबाट मुक्ति पाउन सकिन्छ।
किसमिस
किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान किसमिससहित पानीको पनि सेवन गर्ने । यसले दुब्लोपन हटाउन मद्दत गर्छ ।
मह र बेसार
एक चम्चा महमा एक चम्चा बेसार मिसाएर दिनहुँ सेवन गर्ने । यसले दुब्लोपन हटाउँछ ।
छोकडा, काजु र बदाम
चार÷पाँच वटा छोकडा, दुई÷तीन वटा काजु र दुई वटा बदाम हालेर एक गिलास दूध उमाल्ने । त्यसमा दुई चम्चा मिस्री मिसाएर दिनहुँ सुत्नअघि यस मिश्रणको सेवन गर्ने ।
केरा
दिनहुँ दुई÷तीन केरा एक गिलास दूधसँग बिहान–बेलुका खानाले दुब्लोपन हटाउँछ ।
दालचिनी
एक गिलास दूधमा एक चिया चम्चाको चौथो भाग दालचिनी पाउडर र एक चम्चा मह मिसाएर पिउँदा पनि दुब्लोपन हट्छ ।
घिउ र मह
खाना खाएपछि दुई चम्चा घिउमा एक चम्चा मह मिसाएर खानाले वजन बढ्ने गर्छ ।
अंगुर
खानापछि नियमित रूपमा एक कप अंगुरको जुस पिउनाले पनि वजन बढ्छ र दुब्लोपन हट्छ ।
सुफ र मिस्री
बराबर मात्रामा सुफ र मिस्री मिसाउने र त्यसको धुलो बनाउने । दिनुहुँ खाना खाएपछि सुफ र मिस्रीको धुलो दुई चम्चा खाएमा पनि दुब्लोपन हटेर जान्छ ।
अनार
अनारका बोक्रालाई सुकाएर पिस्ने । त्यस धुलोलाई बिहान–बेलुका नियमित रूपमा सेवन गर्नाले पनि दुब्लोपनबाट मुक्ति मिल्छ ।
मेथी
दुई चम्चा मेथी दानालाई एक गिलास पानीमा पाँच घण्टासम्म भिजाउने । त्यो पानी उमालेर छान्ने । त्यसमा दुई चम्चा मह मिसाएर नियमित खाने । यसले पनि दुब्लोपन हटाउन मद्दत गर्छ ।

प्रकाशित : शनिबार, पुष ०९, २०७३११:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सात दिनमै ‘सेतो कपाल’ कालो, साथै रेशमी र चमकदार कपाल पाउनुहोस् !