अनुहारमा डन्डीफोर अर्थात् ‘पिम्पल’ आउँनै दिँदैन यो घरेलु उपाएले

एजेन्सी – डन्डीफोरलाई अंग्रेजीमा ‘पिम्पल’ भनिन्छ।  युवावस्थामा अनुहारमा डन्डीफोर पिम्पल आउनु एक साधारण समस्या हो । पिम्पल रगतमा फैलिएको अशुद्ध मिश्रणको कारणले हुन्छ ।                                                                 अनुहारमा पिम्पल आउने बितिक्कै त्यसलाई तपाइँ फुटाउनुहुन्छ । यसले तपाइँको समस्यालाई हटाउने होइन , झन बढाउने काम गर्छ । अनुहारमा आउने डण्डीफोरलाई कहिल्यै पनि फुुटाउनुहुदैंन । किनकी यसले अनुहारमा दाग बनाईदिन्छ । र अनुहार धेरै नराम्रो देखिन्छ । यति मात्र नभई पिम्पललाई फुटाउनाले अनुहारमा इन्फेक्शन हुने सम्भावना पनि हुन्छ । जुन हाम्रो लागि निकै घातक छ । यदि नियमित रुपमा पिम्पल निस्किरहेको छ भने सबैभन्दा पहिला एउटा राम्रो रगत शुद्ध गर्ने रस (ब्लड प्युरीफायर) पिउनुहोस् । आज तपाइँलाई हामी पिम्पलबाट छुट्कारा पाउने घरेलु उपायबारे जानकारी दिन्छौं।

पिम्पल फुटाउनाले हुने नोक्सान:
पिम्पल फुटाउनाले त्यो छालाको वरिपरीको भागमा सर्दछ । जस्ले गर्दा त्यस भागमा धेरै प्रकारको जीवाणुहरु फैलिन्छ । यहि कारणले गर्दा त्यस ठाउँमा डरलाग्दो इन्फेक्शन हुने सम्भावना हुन्छ । पिम्पल फुटाइसकेपछि त्यहाँ गहिरो घाउ बन्दछ । जुन घाउ समयसँगै बढ्दै जान्छ । र त्यसले पछि एउटा दागको रुप लिन्छ । पिम्पल फुटाएको ठाउँमा रातो दाग बन्दछ । जुन धेरै दिनसम्म फुलेको जस्तो देखिन्छ । यस दागलाई मेकअप गरेर पनि लुकाउन सकिदैंन । एउटा पिम्पल फुटाएपछि अर्को पिम्पल चाडैं निस्किन्छ ।

पिम्पलको समस्या हटाउने घरेलु उपायहरु:
अनुहारमा आएको डण्डीफोरलाई निम्न उपाय अपनाई चाडैं हटाउन सकिन्छ ।
१) श्रीखण्ड र बेसारको धुलोलाई दुधसँग मिलाएर पेस्ट बनाउनुहोस् । र पिम्पल आएको ठाउँमा लगाउनुहोस् । पानीसँग पिसेको जाइफलले पनि डण्डीफोर हटाउन मद्धत गर्दछ ।
२) घ्युकुमारीको रसको नियमित प्रयोगले पनि छालाको धेरै रोगहरु निको हुन्छ । घ्युकुमारीको रस आधा कप बिहान र बेलुका पिउनुहोस् । यसलाई सिधै छालामा पनि लगाउन सक्नुहुन्छ । गर्भवती महिलाले भने यस रसलाई पिउनुहुदैंन ।
३) राति सुत्नुभन्दा अगाडि अनुहारलाई सफा पानीले धुनुहोस् । त्यसपछि काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । ३० मिनेट लगाएपछि मुख धुनुहोस् ।
४) एक चम्चा जीराको पेस्ट बनाई अनुहारमा १ घण्टा लगाउनुहोस् । र मुख धुनुहोस् ।
५) पिम्पल हटाउनको लागि नीमको फेसपेक लगाउनुहोस् । ताजा नीमको पात र श्रीखण्डको धुलोको लेप बनाउनुहोस् । यस्लाई १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् । त्यसपछि चिसो पानीले मुख धुनुहोस् ।
६) थोरै अदुवाको रसमा थोरै काँक्रोको रस र धनियाँको रस मिलाएर अनुहारमा लगाउनुहोस् । र सुकिसकेपछि मुख धुनुहोस् ।
७) राति सुत्ने समयमा दुधको टरमा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । बिहान उठेर मुख धुनुहोस् । यसबाट अनुहारको दागधब्बा हट्नुको साथै छालामा चमक आउँदछ ।
८) बेसारले एन्टिसेप्टिकको काम गर्दछ । त्यसैले यस्मा ब्याक्टेरियासँग लड्ने क्षमता हुन्छ । एक चम्चा बेसारको धुलोमा थोरै पानी हाली गाढा पेस्ट बनाउनुहोस् । यस पेस्टलाई पिम्पलमा लगाउनुहोस् । केही मिनेटसम्म राखि चिसो पानीले मुख धुनुहोस् । यसरी एक हप्तासम्म नियमित रुपमा गरेमा तपाइँको पिम्पल हट्नेछ ।
९) पिम्पल हटाउनको लागि कागती धेरै फाईदाजनक हुन्छ । कागतीमा भिटामिन ‘सी’ पाईन्छ । दुईवटा कागतीको रस निकाल्नुहोस् । कागतीको रसलाई कपासमा भिजाएर अनुहारमा लगाउनुहोस् । सुकेपछि चिसो पानीले मुख धुनुहोस् । दिनमा दुइपटक तीनचार दिनसम्म लगाउनुहोस् । यसले तपाइँको पिम्पल हट्नेछ ।
१०) लसुनमा एन्टिफंगल तत्व पाईन्छ । त्यसैले यसले पिम्पललाई चाडैं हटाउन मद्धत गर्दछ । दुईवटा लसुन र एउटा ल्वांग पिस्नुहोस् । यस पेस्टलाई पिम्पलमा लगाउनुहोस् । केही समयसम्म लगाइसकेपछि मुख धुनुहोस् ।
११) डण्डीफोर मात्र नभई ठेउलाको दाग पनि सुन्तलाको बोक्राको मद्धतले सजिलै हट्न सक्छ । सुन्तलाको बोक्रालाई सुकाएर त्यसलाई धुलो बनाउनुहोस् । त्यस धुलोमा गुलाबजल र कागतीको रस हालेर डण्डीफोरमा लेप लगाउनुहोस् । यो प्रयोग सुन्तलाको मौसम भएसम्म गर्नुहोस् । पिम्पल सधैंको लागि हट्नेछ ।
१२) सबैभन्दा महत्वपूर्ण कुरा भनेकै रगतमा अशुद्ध मिश्रणहरु हुनु हो । यस्को लागि हरेक दिन दुुईवटा नीमको पात प्रयोग गर्नु राम्रो हुन्छ । नत्र तपाइँले बैद्य वा कुनै ठूलो कम्पनीको रगतलाई शुद्ध गर्ने रस ( ब्लड प्युरिफायर ) पिउनुपर्ने हुन्छ । र धेरै मसाला भएको पिठोबाट बनाइएको खाद्यपदार्थ खानु अनुहारको लागि मात्र नभई स्वास्थ्यको लागि पनि हानिकारक छ ।

प्रकाशित : शुक्रबार, पुष ०८, २०७३१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको दुब्लोपन केहि दिनमै चट, यस्ता छन् घरेलु उपाए…