जन्नुहोस् ‘मिश्री’का अनौठो लाभ:हरु…

मिश्री पारदर्शी चीनी हो । मीश्रीलाई धेरैजसो ठाउँमा हिन्दु देवताको प्रसादको रुपमा चढाईन्छ । मीश्री गुलियो हुने भएकोले यस्लाई मिठाई बनाउनको लागि प्रयोग गरिन्छ ।

मीश्रीको फाईदाहरु निम्नअनुसार छन्:

चीनीको विकल्प
मिश्री चीनीको प्रशोधन नगरिएको रुप हो । चिनीभन्दा मिश्रीमा धेरै पौष्टिक तत्व पाईन्छ । यहि कारणले गर्दा चकलेट जस्तो मिठो चीज बनाउन पनि मिश्रीको प्रयोग गरिन्छ ।

घाँटी खसखस हुने समस्या हटाउन प्रभावशाली:
यदि तपाइँ घाँटी खसखस हुने समस्याबाट पिडित हुनुहुन्छ , भने मिश्रीको पानी बनाएर पिउनुहोस् । यस घरेलु उपचारले चिसोबाट लाग्ने रोगहरुबाट छुट्कारा दिलाउँछ । मीश्री मिठो भएको कारणले गर्दा बच्चाहरुलाई घाँटीको खसखसबाट बचाउन एक टुक्रा मीश्री चुस्न दिनुहोस् । यस्ले चाडैं नै आराम दिलाउँछ ।

पोषण बढाउँछ:
मीश्रीलाई अरु चीजसँग मिसाएर खानाले धेरै फाईदा मिल्दछ । जस्तै; भिंडिको साथमा मीश्री खानाले यौनशक्तिलाई बढाउन मद्धत गर्छ । मिश्रीलाई नीमको पातसँग खानाले पेट दुख्ने र झाडापखालाबाट आराम दिलाउँछ ।

आनन्द दिने तरल पदार्थको रुपमा:
एक गिलास पानीमा एक चम्चा मिश्रीको धुलो मिसाएर पिउनुहोस् । यसले गुल्कोजको रुपमा शक्ति प्रदान गर्दछ । जस्ले गर्दा हाम्रो दिमागलाई आराम दिई तनावबाट मुक्ति दिलाउँछ । साथै यो जुस पिउनाले हाम्रो इन्द्रियलाई पनि आराम मिल्दछ ।

खोकीबाट छुट्कारा:
मौसमको परिवर्तनले गर्दा रुघाखोकी लाग्नु स्वभाविक कुरा हो । खोकीबाट बच्नको लागि एउटा राम्रो घरेलु उपचारको रुपमा मिश्रीलाई लिइन्छ । मीश्रीमा पाईने पोषक तत्वले खोकीलाई हटाई घाँटिको खसखस हटाउन मद्धत गर्दछ ।

ताजापनको महशुस गराउँछ:
सौंफको साथमा मिश्रीको प्रयोगले मुखलाई सधैं ताजा बनाईराख्न मद्धत गर्दछ । यसले मुखलाई ताजा महशुस गराउने मात्र नभई मुखमा ब्याक्टेरियालाई पनि बन्न दिदैंन । यहि कारणले गर्दा धेरै ठाउँमा खाजापछि सौंफ र मीश्रीलाई खाने चलन छ ।

प्रकाशित : बिहिबार, पुष ०७, २०७३१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाइँको नाइटोमै लुकेको हुन्छ, स्वास्थ्यको रहस्य !!