यी हुन् खाली पेटमा लसुन खाँदाका १० फाइदाहरु

लसुनमा फाइबर र पोटासियम जस्ता तत्वहरु हुन्छन् । यसकारण एक पोटी लसुन विहान खाली पेट खानाले पाचन प्रणालीमा देखिएको समस्या हट्छ । तर, लसुनको यो एकमात्र फाइदा होइन् ।

यी हुन् खाली पेटमा लसुन खाँदाका १० फाइदा: 

१. मुटुको समस्या :लसुनमा रहेको एजोइन नामक तत्वले रगत बग्नबाट रोक्छ र मुटुको समस्या हटाउन पनि सहयोगी हुन्छ ।
२. मधुमेह: लसुनले ब्लड सुगरलाई नियन्त्रण गर्छ । यस कारण मधुमेहका विरामीका लागि पनि यो फाइदाजनक हुन्छ ।
३. हाइपर थाइराइड :लसुनले हाइपर थाइराइड कम गर्छ ।
४. रक्तचाप : लसुनमा इलिसीन रहेको हुन्छ । जसले ब्लडप्रेसरलाई नर्मल राख्न सहयोग गर्छ । यो शरीरमा रहेको चिल्लोलाई कम गर्न पनि इफेक्टिभ हुन्छ ।
५. क्यान्सरः यसमा एलियम सल्फाइड हुन्छ, जो क्यान्सरलाई हटाउनका लागि सहयोगी हुन्छ ।
६. अल्जाइमर्स : यसमा रहेको एण्टीअक्सिडेण्टस्ले अल्जाइमर्स र डिमेन्सियाजस्ता विरामीको उपचारमा प्रभावकारी हुन्छ ।
७. बाझोपन : यसमा सेलेनियम हुन्छ । जो बाँझोपनका हटाउनका लागि फाइदाजनक हुन्छ ।
८. संक्रमणः लसुनमा एण्टीब्याक्टोरियल र एण्टी इन्फलेमेटरीको गुण रहेको हुन्छ । जसले शरीरमा हुने इन्फेक्सनबाट बचाउँछ ।
९. रोग प्रतिरोधात्मक क्षमता वृद्धि : लसुनमा भिटामिन बी६ हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
१०. यौन क्षमतामा वृद्धि: लसुनमा रहेको एलिसिन नामक तत्वले यौनांगमा रक्तसञ्चार तीब्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।

प्रकाशित : बिहिबार, पुष ०७, २०७३१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मकैको ‘जुंगा’को यस्तो चमत्कारिक र उपयोगी: जुन तपाइँलाई थाहै छैन सायद