९ प्रकारको सागसब्जी जसले बढाउँछ अत्याधिक ‘यौनशक्ति’, धेरै नै शक्तिवर्धक

यौन कमजोरी , शीघ्र स्खलन , नपुंसकता आदि समस्या निराकरण गर्न मानिसहरु जथाभावी औषधिको प्रयोग गर्दछन् । जस्ले गर्दा शरीरमा नराम्रो असर पर्न गई अन्तमा जीवन नरक पनि बन्नसक्छ । हाम्रो प्राकृतिक सम्पदा यति विशाल छ की ठूलो ठूलो समस्याहरुबाट सजिलै छुट्कारा दिलाउन सक्छ । आज हामी तपाइँलाई यौनशक्ति बढाउने सागसब्जीको बारेमा जानकारी दिन्छौं ।
सलगम (बीट रुट):
सलगम नाइट्रेटले भरिपूर्ण हुन्छ । जस्ले रक्त सञ्चालनको सुधार गर्नमा मद्धत गर्दछ । यस्मा पोषक तत्व पाईन्छ । जस्को मद्धतले हार्मोन सन्तुलनमा रहन्छ ।
गाजर:
गाजरमा भिटामिन ‘ ए ’ पाइन्छ । लिंग र भिटामिनमा गहिरो सम्बन्ध हुन्छ । गाजरमा पाईने भिटामिन ‘ए’ ले वीर्यशक्तिलाई बढाउँछ ।
लसुन:
लसुनमा कामुक गुण पाईन्छ । लसुनमा पाईने एलिसिनले रक्त प्रवाहलाई बढाई रक्तवाहिनीलाई फैलाईदिन्छ । जस्ले गर्दा यौन क्षमता र प्रदर्शनमा धेरै नै सुधार आउँछ । केही क्षेत्रमा लसुनको अचार बनाई खाने गरिन्छ ।
प्याज:
लसुनमा जस्तै प्याजमा पनि कामुक गुण पाईन्छ । नियमित रुपमा प्याजको उपभोग गर्नाले यौन अङ्गको स्वास्थ्य राम्रो बनाई कामवासनामा सुधार ल्याउँछ ।                                                                                                         भिण्डी:                                                                                                                                 भिण्डीमा भिटामिन र जिंक पाईन्छ । यसले थकावट कम गरी यौनशक्तिलाई पुनर्जीवन प्रदान गर्दछ ।
च्याउ:
च्याउमा राम्रो स्वास्थ्यको लागि प्रमुख खनिज पदार्थहरु जस्तै ः पोटासियम, फोस्फोरस, क्याल्सियम , आइरन, कपर , जिंक आदि प्रचुर मात्रामा पाईन्छ । यी खनिज पदार्थहरुले मांसपेशी, नाडीको कोशिका तथा शरीरको क्रियाकलापलाई सक्रिय योगदान पुर्याउँछ । शाकाहारी मानिसको लागि च्याउ निकै नै राम्रो औषधि हो । यसले शरीरको सबै कमजोरी हटाउन धेरै शक्ति प्रदान गर्दछ ।
पालुङ्गोको साग:
पालुङगोमा फोलेट उच्च मात्रामा पाईन्छ । यो एउटा मोनो एसिड हो । पालुङगोको सागले रगतमा होमोसिस्टीनको स्तर कम गर्नमा धेरै मद्धत पुग्दछ । होमोसिस्टीन एउटा हानिकारक पदार्थ हो । जस्ले धमनीहरु र अन्य रक्तवाहिकामा प्लाक निर्माण गर्ने काम गर्छ । राति यस सागको सुप बनाएर पिउनाले रक्त सञ्चालन राम्रो गरी यौनक्षमता र प्रर्दशनलाई बढाईदिन्छ ।्
ब्रोकाउली: 
पालुङगोको साग जस्तै ब्रोकोलीले पनि रक्तसञ्चारमा सुधार ल्याउँदछ ।
गोलभेडा
गोलभेडामा लाइकोपीन नामक एन्टि अक्सिडेन्ट हुन्छ । एक प्राकृतिक कामवासना बढाउने तत्वको रुपमा यसलाई लिईन्छ । जस्ले शीघ्र स्खलन र शारीरिक कमजोरी हटाई यौनशक्ति बढाउनमा मद्धत गर्दछ ।

प्रकाशित : बुधबार, पुष ०६, २०७३१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्नुहोस् ‘मिश्री’का अनौठो लाभ:हरु…