धेरै ‘तागतवर’ (बलवान्) बन्नको लागि अपनाउनुहोस् यी १४ घरेलु उपाए

सामान्यतः शक्तिशाली पुरुषको दाम्पत्य जीवन सुखी हुन्छ । पुरुषहरुमा हुने कमजोरी आत्मविश्वासको कमीले गर्दा बन्न सक्छ । प्रायजसो पुरुषहरुमा पाईने शारीरिक कमजोरीहरु अस्वस्थ सम्बन्धको कारणले बन्न जान्छ । केही शारीरिक कमजोरीहरु जस्तै; स्वप्न दोष, शीघ्र स्खलन आदि यस्ता समस्याहरु हुन् , जुन मनलाई नियन्त्रण गर्न नसक्नुको कारणले गर्दा हुन्छ । यौन जीवनको सुरुवातमा वा असंतोषजनक यौन अनुभव भईसकेपछि यौन समस्याहरु विकसित हुन सक्छन् । शारीरिक र मानसिक दुबैको कारणले गर्दा यौन समस्या हुनसक्छ । आज हामी पुरुषहरुमा कमजोरी उत्पन्न गर्ने समस्याको निराकरणको उपायबारे तपाइँलाई जानकारी दिन्छौं । उक्त उपायहरु निम्न प्रकार छन् ।

१) हरेक राति सुत्नुभन्दा अगाडि दुईवटा लसुन खानुहोस् । त्यसपछि पानी पिउनुहोस् । अमलाको धुलोमा चीनी पिसेर मिसाउनुहोस् । अनि त्यसलाई हरेक राति सुत्नु अगाडि एक चम्चा मिश्रित पाउडरलाई सेवन गर्नुहोस् । र पानी पिउनुहोस् ।

२) केराले पुरुषको शक्तिलाई बढाउँछ । त्यसैले प्रतिदिन केरा खानुहोस् । र केरा खाइसकेपछि दुध पिउनुहोस् ।

३) सेलरीको पात (ज्वानो) स्वप्नदोषको समस्याको लागि राम्रो औषधि हो । सेलरीको पातको जुस निकालेर महसँग मिसाएर पिउनुहोस् । सेलरीको रस पिउनाले धेरै लाभ मिल्छ ।

४) नपुंसकताबाट टाढा रहनको लागि पुरुषहरुले काचो भिंडि खानुपर्छ । यस समस्यामा भिंडिले महत्वपूर्ण औषधिको रुपमा काम गर्नसक्छ ।

५) प्याजको रस, मह, अदुवाको रस, घिउको मिश्रण २१ दिनसम्म लगातार पिउनाले नपुंसकता हटेर पुरुष शक्ति प्राप्त हुन्छ।

६) मिमोसा प्युडिका बीउको धुलो (३ ग्राम) लाई दुधमा मिलाएर हरेक राति सुत्नुभन्दा अगाडि पिउनुहोस् । यसले शारीरिक दुर्बलता हटाउन मद्धत गर्दछ ।

७) स्वस्थ सोचले मात्र शरीर स्वस्थ रहन सक्छ । यो एउटा सत्य कुरा हो । यी समस्याको लागि हाम्रो मनको भावनाले पनि महत्वपूर्ण भुमिका खेल्दछ । मनमा जहिलेपनि काम–वासनाको बिचार गरिरहनु स्वप्नदोष र शीघ्रस्खलन जस्ता समस्याकोे कारण हो ।

८) मेथीलाई पनि यस समस्याको प्रभावशाली औषधिको रुपमा मानिन्छ । दुई चम्चा मेथीको जुसमा आधा चम्चा मह मिसाएर सधैं राति पिउनाले यस समस्याबाट छिटै आराम मिल्दछ ।

९) हाम्रो बानीले पनि स्वास्थ्यमा गहिरो प्रभाव पार्दछ । यहि कारणले गर्दा गलत तरिकाले खानपीन गर्नाले र अप्राकृतिक तरिकाले आफ्नो दिनचर्या बिताउनाले समस्याहरु उत्पन्न हुन्छन् । यो सबै कारणले स्वास्थ्यमा मात्र नभई बिवाहित जीवनमा पनि नराम्रो असर पार्छ । साथै आवश्यक भन्दा बढि भोजन गर्नुपनि पुरुषको शारीरिक कमजोरीको एउटा ठूलो कारण बन्नसक्छ ।

१०)बढि मात्रामा पिज्जा , बर्गर जस्तो फास्टफुड खानु पनि यस समस्याको कारण हो । धेरै मात्रामा घीउ , दुध , मिठाई आदि खानुलाई पनि आयुर्वेदको अनुसार राम्रो मानिदैन ।

११) काँचो प्याज खानुलाई पनि स्वप्नदोष समस्या निराकरणको लागि राम्रो मानिएको छ । खानासँगै प्याजको सेवन गर्नाले यस्तो समस्यामा लाभ मिल्दछ । काँचो प्याज खानाले राम्रो परिणाम मिल्छ ।

१२) केही बिरुवाहरुलाई हामी काम नलाग्ने सोचेर फाल्ने गर्दछौं । यस्तै एउटा बिरुवा हो पुनर्नवा । पुनर्नवाको वानस्पतिक नाम बोहराविया डिफ्यूसा हो । पुनर्नवाको ताजा जराको रस दुई चम्चा २ देखि ३ महिनासम्म दुधसँग पिउनाले बृद्ध व्यक्ति पनि युवकको जस्तो महशुस गर्दछ ।

१३) तिलको तेलले पनि यस समस्याको लागि महत्वपूर्ण औषधिको रुपमा काम गर्दछ । तिलको तेल र लौकाको जुस बराबर मात्रामा मिसाउनुहोस् । त्यसपछि मिश्रणले आफ्नो टाउको र शरीरभरी मालिश गर्नुहोस् । यो धेरै प्रभावशाली उपाय हो । जस्ले तपाइँलाई कुनै खर्चबिना नै समस्याबाट पूर्ण रुपमा आराम दिलाउँछ ।

१४) सबै खालका गेडागुडीलाई भिजाएर खानाले रगत बढ्छ । र यस्को नियमित प्रयोगले स्वप्नदोषको समस्या कम हुन्छ ।

प्रकाशित : बुधबार, पुष ०६, २०७३१२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

९ प्रकारको सागसब्जी जसले बढाउँछ अत्याधिक ‘यौनशक्ति’, धेरै नै शक्तिवर्धक