यी ७ रोगहरुको रामबाँड: लसुन, बेसार र ल्वाङग !!!

सानोतिनो रोगहरुको लागि डाक्टरलाई देखाई औषधि सेवन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने रहर सबैको हुन्छ । डाक्टरलाई देखाइरहँदा तपाइँको समय र पैसा दुबैको नोक्सान हुने हुन्छ ।                                                                                                                           आज हामी तपाइँलाई प्राकृतिक उपचारको बारेमा जानकारी दिन्छौं । जसले गर्दा तपाइँ आफै रोगहरुको उपचार गर्न सक्षम हुनुहुनेछ । तपाइँलाई थाहा छ ? धेरै एन्टिबायटिकको प्रयोग गर्नाले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले सकेसम्म घरमै उपचार गरि रोगहरुबाट बच्नु राम्रो उपाय हो । लसुन, बेसार र ल्वाङगमा अनौठो औषधिसम्बन्धि गुणहरु हुन्छन् । ३ टुक्रा लसुन, २ चम्चा बेसार र ३ वटा ल्वाङगलाई मिक्सचरमा हालेर राम्ररी मिलाउनुहोस् । अनि त्यसलाई हल्का तातो दुधमा वा तातोपानीमा हरेक राति सुत्नुभन्दा अगाडि पिउनुहोस् । यस्को प्रयोगबाट तपाइँ धेरै गम्भिर रोगहरुबाट बच्न सक्नुहुन्छ ।

१) पिनासबाट बचाउँछ ः ल्वाङग, लसुन र बेसारको मिश्रणले नाकलाई बिस्तारै खोल्न मद्धत गर्छ । जस्ले गर्दा पिनासको इन्फेक्शन कम हुन्छ ।
२) ग्याष्ट्रिकलाई कम गर्छ ः यस मिश्रणले पेटमा एसिडलाई बढ्न दिदैंन । अनि ग्याष्ट्रिक, पेट फुल्ने र पेट दुख्ने समस्याबाट आराम दिलाउँछ ।
३) शरीरभित्र इन्फेक्शन हुनबाट बचाउँछ ः यस मिश्रणमा एन्टि इन्फ्लामेटरी गुण हुन्छ । जस्ले शरीरभित्र सुनिने र जलनलाई कम गर्छ ।
४) डायबिटिजको उपचार ः यस मिश्रणले तपाइँको शरीरको ग्लुकोज स्तरलाई कम गर्छ । जस्ले गर्दा डायबिटिज घटाउन मद्धत पुग्छ ।
५) कोलेस्ट्रोल कम गर्छ ः यस मिश्रणले तपाइँको नशामा रहेको बोसोलाई घोल्छ । जस्को कारणले गर्दा कोलेस्ट्रोल घट्छ ।
६) मोटोपन घटाउन मद्धत गर्छ ः यस मिश्रणलाई निरन्तर रुपमा पिउनाले र व्यायामको साथै खानपिनमा ध्यान दिनाले तपाइँको वजन घटाउन मद्धत मिल्छ ।
७) एलर्जी कम गर्छ ः यो मिश्रणले प्राकृतिक एन्टिबायटिकको रुपमा काम गर्छ । यसले धेरै प्रकारको एलर्जी जस्तै; छालासम्बन्धि र स्वाससम्बन्धि एलर्जीबाट बचाउँछ ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७३१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै ‘तागतवर’ (बलवान्) बन्नको लागि अपनाउनुहोस् यी १४ घरेलु उपाए