ATM मेशिनको प्रयोगले लाग्न सक्छ यस्ता गम्भिर रोग

एजेन्सी – पैसा निकाल्नको लागि ATM मेशिनको प्रयोग सबैले गर्छन् । तर तपाइँलाई थाहा छ ? ATM मेशिनबाट पनि रोग लाग्न सक्छ । अटोमेटेड टेलर मेशिन ( एटिएम ) बाट पैसा निकाल्न सावधान रहन जरुरी छ । यसको किपेड पनि किटाणुले भरेको हुनसक्छ ।

यस मेशिनको प्रयोगले यौन सम्पर्कको कारणले फैलिने रोगसम्मको शिकार पनि बन्न सक्छन् , भनि ATM मेशिनको अनुसन्धान निष्कर्षले बताएको छ । न्यूर्योक यूनिभर्सिटिको प्रोफेसर जैने कार्लटनले भने “ हाम्रो अनुसन्धान अनुसार एटिएमको किपेडमा विभिन्न स्रोतबाट किटाणुहरु आउँछन् । मानिस , हावा र वाताबरणमा अवस्थित किटाणुहरु मेशिनमा संलग्न हुन्छन् ।” वहाँले भन्नुभयो कि एटिएम किपेडबाट लिइने डिएनएबाट मानवीय र वातावरणीय स्रोतको रिकर्ड प्राप्त हुन सक्छ । बैज्ञानिकहरुले जून र जुलाई २०१४ मा ६६ एटिएम मेशिनको किपेडबाट नमुना लिएको थियो । यो नमुना अमेरिकाको मैनहट्टन, क्वींस र ब्रुकल्यानमा लगिएको थियो । किपेडमा साधारण स्रोतबाट किटाणुहरु सर्छन् ।

यो परिचित स्रोत घरेलु उपकरण जस्तै ; टेलिभिजन, आराम गर्नै ठाउँ, भान्सा कोठा , सिरानी, आदिबाट सर्ने हुन्छ । भोजनको डिएनए एक व्यक्तिको हातमा भएको हुन सक्छ । त्यस व्यक्तिले किपेड प्रयोग गर्नाले डिएनए त्यस मेशिनमा सर्दछ ।

प्रकाशित : सोमबार, पुष ०४, २०७३१५:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान : आमाबुबाको व्यस्तताले पनि बढाउन सक्छ बाल मनोरोग