चिकित्सा विज्ञान : यसरी नङबाट थाहा हुन्छ कुन रोग लागेको छ भनेर

एजेन्सी – नङले हाम्रो हातखुट्टाको सौन्दर्यता बढाउने काम मात्र नभई शरीरको रोगहरुबारे पनि जानकारी दिन्छ । प्राचीन समयमा बिरामीको जाँचको लागि कुनै सुबिधा नहुदाँ बैद्यहरुले नङलाई हेरी रोग पत्ता लगाउँथे । नङसम्बन्धि चिकित्सा विज्ञानको इतिहास धेरै पुरानो छ ।


आयुर्वेदमा बिशेषज्ञहरु स्वास्थ्यको जाँच गर्दा अहिले पनि नङलाई हेरी रोग पत्ता लगाउँछन् । बिशेषज्ञहरु भन्छन् की, मानिसलाई रोग लाग्दा उनीहरुको नङमा पनि परिवर्तन आउँछ । नङको परिवर्तनले रोगको बारे निम्नअनुसार थाहा पाउन सकिन्छ ।

१) कमजोर नङ : सजिलैसँग भाँच्न सकिने नङको मतलब थायराइड रोग हो । नङमा चिरा देखिनुले धेरै रोगको सङ्केत गर्छ ।
२) सेतो रेखा भएको नङ : यस्ले न्युट्रिशन , प्रोटिनको कमीले कलेजो र मृगौला सम्बन्धि रोगहरुलाई जनाउँछ भने नङमा भएको सीधा रेखाले स्किन क्यान्सरको सङ्केत गर्छ ।
३) ढुसी परेको नङ ः ढुुसी परेको नङ फंगल इन्फेक्शनले गर्दा पहेंलो हुन्छ ।पहेंलो र कमजोर नङले रक्तअल्पता , हृदयसम्बन्धि समस्या , कुपोषण र कलेजोसम्बन्धि रोग हुने सम्भावना हुन्छ । ढुसी परेको नङले सौन्दर्यता मेटाउने मात्र नभई नङ दुख्ने, मनमा अशान्ति फैलाई दैनिक जीवनमा समेत असर पार्दछ । साथै यस नङले कमलपित्त , थायराइड र मधुमेह रोगलाई पनि सङ्केत गर्छ । पहेंलो र मोटो नङ ढिलो गतिमा बढिरहेछ भने, यस्ले फोक्सोसम्बन्धि रोगको जानकारी दिन्छ ।


४) सेतो नङ ः नङमा सेतो धर्सा देखिएको छ वा नङ पुरै सेतो छ भने, यस्ले कलेजोसम्बन्धि र हृदयसम्बन्धि रोगलाई सङ्केत गरेको हुन सक्छ ।
५) बाहिर निस्केको नङ : यदि नङ बाहिर निस्केको छ भने, त्यसले हृदयको समस्यादेखि लिएर फोक्सो सुनिने समस्यालाई जनाउँछ ।
६) भित्र पसेको नङ ः भित्र पसेको नङले ल्युकेमिया ,रगत र आयरनको कमीलाई सङ्केत गर्छ ।
७) चम्चाजस्तो नङ ः रगतको कमी , चोटको अवस्थामा नङको आकार चम्चाजस्तो बाहिर घुमिएको हुन्छ ।
८) नङसँगैको छाला सुख्खा हुनु ः यस्ले पानीको कमीलाई सङ्केत गर्छ ।


९) नीलो नङ ः शरीरमा अक्सिजनको सञ्चार ठिक तरिकाले नहुनाले नङ नीलो देखिने हुन्छ । यस्ले श्वासप्रश्वाससम्बन्धि, फोक्सोसम्बन्धि, निमोनिया र मुटुसम्बन्धि रोगलाई सङ्केत गर्छ ।
१०) आधा सेतो र आधा गुलाबी नङ : नङ अचानक आधा गुलाबी र आधा सेतो देखायो भने यसले मृगौलासम्बन्धि वा कलेजोसम्बन्धि रोगलाई सङ्केत गर्छ ।
११) रातो वा प्याजी रङ्ग ः रातो नङले उच्च रक्तचाप र प्याजी रङ्गले न्यून रक्तचापलाई सङ्केत गर्छ ।

प्रकाशित : आइतबार, पुष ०३, २०७३१८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्लड शुगर ‘मधुमेह’ र मोटोपनको काल: आँकको पात (प्रयोग गर्ने तरिका सहित)