यस जडिबुटीको मद्दतले लामो कालो र बाक्लो कपाल यसरी पाउनुहोस्

एजेन्सी – आजभोली बढ्दो प्रदुषण , टेन्शन र खानामा पौष्टिक तत्वको कमीले गर्दा समय भन्दा पहिला नै हाम्रो कपाल सेतो हुने गर्दछ । सेतो कपाललाई कालो बनाउन चाहनुहुन्छ भने निम्न तरिका अपनाउन सक्नुहुन्छ:

१) अमलालाई स–सानो टुक्रा बनाई छायाँमा सुकाउनुहोस् । अनि यसलाई नरिवलको तेलसँग कालो र कडा नभएसम्म उमाल्नुहोस् । त्यसपछि उक्त तेललाई कपालमा हाल्नुहोस् । यस्ले तपाइँको कपाल सेतो हुनबाट बचाउँछ ।
२) एक चम्चा अमलाको रस, एक चम्चा बदमको तेल, र एक दुई थोपा कागतीको रस मिलाएर सधैं राति कपालमा मालिश गर्नुहोस् । यो कपाल सेतो हुन नदिने राम्रो उपाय हो ।
३) १०० ग्राम सुकेको अमलालाई एउटा भाँडामा चार दिन सम्म भिजाएर राख्नुहोस् । त्यसपछि यसलाई पिसेर गाढा पेस्ट बनाउनुहोस् । त्यसपछि ब्रशको मद्धतले कपालमा लगाउनुहोस् । केही दिनमै तपाइँको कपाल कालो हुनेछ ।
४) रातभरि अमलाको धुलोलाइ एउटा भाँडामा भिजाएर राख्नुहोस् । बिहान त्यसमा दुध र कागतीको रस मिलाएर कपालमा नियमित रुपमा लगाउनुहोस् । यस्ले पनि तपाइँको कपाल सेतो हुनबाट बचाउँछ ।
५) अमलालाई चुकन्दरको रससँग मिलाएर कपालमा लगाउनुहोस् । २ महिनासम्म यस्को प्रयोग गरेपछि तपाइँको कपाल कालो हुनेछ । र कपाल झर्नैै समस्याबाट पनि मुक्ति मिल्छ ।
६) एक किलो अमलाको रस , एक किलो घिउ, २५० ग्राम मुलहठी लाई मिसाई पकाउनुहोस् । पानी सुकेर तेल मात्र बाँकी भएपछि, तेललाई छानेर बोतलमा राख्नुहोस् । अनि यसलाई कपालमा लगाउनुहोस् । केही दिनमै तपाइँको कपाल कालो हुनेछ ।

प्रकाशित : शुक्रबार, पुष ०१, २०७३१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिकित्सा विज्ञान : यसरी नङबाट थाहा हुन्छ कुन रोग लागेको छ भनेर