यसरी सधैं बिहान खाली पेटमा जीराको पानी पिउनाले ३ गुना छिटो घट्छ तपाईको वजन (बिधि सहित)

एजेन्सी – वजन (तौल) घटाउनको लागि आज हामि तपाइँलाई सधैँ भान्सा कोठामा प्रयोग हुने यस्तो एउटा खाद्य पदार्थको गुणको बारेमा जानकारी दिन्छौँ । जुन हो जीरा । वजन घटाउन मानिसहरु के के मात्र गर्दैनन्, घण्टौँसम्म व्यायाम गर्नु, खानपीन कम गर्नु र आफुलाई मनपर्ने खानाकै त्याग गर्नु आदि।
जीरा:
यति गरेर पनि कुनै ठुलो परिवर्तन हासिल हुदैँन । तर जीराले तपाइँको वजन घटाउन मद्वत गर्नेछ । खानाको स्वाद बढाउने , खासगरी दालमा हाल्ने जीरा सबैलाई मनपर्छ । कोही कोही मानिस भात पकाउँदा पनि जीराको प्रयोग गर्छन् । किनकि जीराले भातलाई मिठो बासनायुक्त बनाईदिन्छ ।

मसला मात्र होईन जीरा:
जीरामा खाद्यपदार्थलाई मिठो बनाउने मात्र नभई अनेक गुण रहेको पाईन्छ । जीराले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पार्दछ, त्यसमध्ये एक हो वजन घटाउने प्रक्रिया । एउटा अध्ययनबाट पत्ता लगाईएको छ कि जीरा पाउडरको सेवनले बोसो कम भई स्वाभाविक रुपले वजन घटाउनमा सहयोग मिल्छ ।

अन्य रोगहरुबाट छुट्कारा दिलाउने औषधिको रुपमा जीरा:
जीराले वजन घटाउने मात्र नभई अन्य रोगहरुबाट पनि बचाउँछ । जस्तैः कोलेस्ट्रोल कम गर्नु ,स्मरण शक्ति बढाउनु, रगतको कमी हुन नदिनु, पाचन शक्ति बढाउनु, हृदयघात हुनबाट बचाउनु आदि । दिनहुँ जीरा पानी पिउनाले उल्लेखित रोगहरुबाट बच्न सकिन्छ ।

१५ दिनमा वजन घटाउने स्वास्थ्य लाभको रुपमा जीरा:
हाम्रो स्वास्थ्यमा हुने लाभहरुमध्येमा आज हामी कुरा गर्दैछौँ, जीराको मद्वतले वजन घटाउने, त्यो पनि १५ दिनमा । वजन घटाउन मानिसहरु धेरै मेहेनत गर्छन् । आज हामी तपाइँलाई जीराको प्रयोगले सजिलै वजन घटाउन सक्ने उपायबारे बताउँदैछौं । निम्नलिखित प्रयोगहरुबाट तपाईले आफ्नो मोटोपन घटाउन सक्नुहुनेछ।

पहिलो प्रयोग:
दुई चम्चा जीरा एक गिलास पानीमा रातभरी भिजाएर राख्नुहोस् । त्यसपछि बिहानै उमालेर पिउनुहोस् । यसरी दिनहँु जीरा पानी पिउनाले अनावश्यक फोहोर शरीरबाट बाहिर निस्केर जान्छ ।

दोस्रो प्रयोग:
५ ग्राम दहीमा एक चम्चा जीरा पाउडर मिसाएर दिनहँु पिउनुहोस् । साथै खाद्यपदार्थमा जीरा मिसाएर पनि खान सक्नुहुन्छ, यस्ले तपाइँको वजन स्वतः घट्नेछ ।

तेस्रो प्रयोग:
३ ग्राम जीरा पाउडरलाई पानीमा मिसाएर थोरै मह हालेर पिउनुहोस्। तरकारीहरुमा पनि जीराको प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाइँको तरकारीको स्वाद बढ्ने मात्र नभई वजन घटाउन समेत सहयोग पुग्नेछ ।

चौथो प्रयोग:
अदुवा र कागती दुबैले जीराको वजन घटाउने शक्तिलाई बढाउँछ । गाजर, सागलाई उमालेर काट्नुहोस् र अदुवालाई पनि मसिनो गरी काटेर मिसाउनुहोस् । अनि यस्मा जीराको धुलो र कागतीको रस हाली राति खानुहोस्। यसबाट पनि तपाइँको वजन घटाउन मद्वत मिल्नेछ ।

१५ दिनपछिको परिणाम:
यदि तपाइँले प्रतिदिन माथि उल्लेखित ४ उपायमध्ये कुनै दुई अपनाउनुभयो भने तपाइँको वजन स्वतः १५ दिनमा घट्नेछ । विशेषज्ञहरुको अनुसार जीरामा भएको पौष्टिक तत्वले मेटाबोलिजमलाई बढाउँछ । जस्ले बोसोलाई घटाउन मद्वत गर्छ ।

अन्य फाईदा:
जीराले स्वास्थ्य राम्रो बनाउने मात्र नभई सौन्र्दयता बृद्धि गराउने काम पनि गर्दछ । जीरामा यस्तो तत्व पाईन्छ । जस्ले तपाइँको छालाको दागहरु हटाउन मद्धत मिल्नेछ । जीरामा भिटामिन ‘ई’ पाईन्छ, जुन छालाको निम्ति एकदम लाभदायी हुन्छ । त्यसैगरी जीरामा अर्को तत्व पनि अवस्थित हुन्छ, जस्को मद्वतले छालालाई संक्रमणहिन बनाउँछ । यदि कसैलाई पनि अनुहारमा दागधब्बा, पिंपल वा कुनै इन्फेक्शन भएको छ भने थोरै जीराको धुलो फेस प्याकमा मिसाएर अनुहारमा हाल्नुहोस् । यसबाट तपाइँलाई छिटै आराम मिल्नेछ ।

जवान बनाईराख्ने औषधिको रुपमा जीराः
जीराको प्रयोगले तपाइँको सांैन्र्दयतामा बृद्धि गर्छ । जस्ले गर्दा तपाइँ सधैं जवान देखिनुहुन्छ ।
चाडैं चाउरी पर्नबाट बचाउँछ

जीरामा हुने भिटामिन ‘ई’ ले छालालाई संक्रमण हुनबाट बचाउँछ । साथै यस्ले छाला चाडैं चाउरी पर्न दिदैन ।

ध्यान दिनुपर्ने कुरा:
जीराको नियमित मात्रामा ध्यान दिनु अत्यन्त आवश्यक कुरा हो । किनकी यस्को मात्रा बढि हुनासाथ यस्को प्रभाव उल्टो हुनसक्छ ।

चिलाउने समस्याबाट आराम:
थोरै पानीमा जीरा राखेर उमाल्नुहोस् । त्यसपछि यसलाई छानेर पानीमा हालेर नुहाउनुहोस् । यसबाट तपाइँलाई छालामा चिलाउने समस्याबाट आराम मिल्नेछ ।

राम्रो कपालको लागि चाहिन्छ कालो जीरा:
कपाललाई लामो र बाक्लो बनाउनको लागि तपाइँलाई आवश्यक पर्छ, कालो जीराको । कालो जीरामा धेरै मात्रामा प्रोटिन, कार्बोहाइडे«ट र कपाललाई राम्रो गर्ने तत्व पाईन्छ । कालो जीरालाई तेलमा मिसाएर कपालमा लगाउनुहोस् । यसबाट कपाल बाक्लो, बलियो र राम्रो देखिनेछ ।

कपाल झर्ने समस्यालाई रोक्छ:
नुहाईसकेपछि तेलमा कालो जीरा मिसाएर कपाल कम भएको ठाउँमा लगाउनुहोस् । अथवा तपाइँले कालो जीरालाई बिहान बेलुका औषधिको रुपमा सेवन पनि गर्नसक्नुहुन्छ । नियमित रुपमा प्रयोग गर्नाले तपाइँको कपाल झर्ने समस्यालाई कालो जीराको मद्धतले रोक्न सकिन्छ ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७३१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ दिनमै सेतो दुबीबाट छुट्कारा पाउने घरेलु उपायः (औषधि बनाउने तरिका र प्रयोग विधि सहित)