७ दिनमै सेतो दुबीबाट छुट्कारा पाउने घरेलु उपायः (औषधि बनाउने तरिका र प्रयोग विधि सहित)

आवश्यक सामाग्री:
–२५ ग्राम किकरको सुख्खा पात
–२५ ग्राम पानको ठुलो सुपारी
–२५ ग्राम काबली हरडको बोक्रा

बनाउने तरिका:
किकरको पातलाई केहि घण्टा छायांमा राखेर सुकाउनुहोस् । त्यसपछि पानको ठुलो सुपारीलाई धुलो बनाउनुहोस् । कबडि हरडलाई पनि मसिनो बनाई सबैलाई २५–२५ ग्रामको अनुपातमा मिलाउनुहोस् । अनि ५०० मिलीलिटर पानीमा उमाल्नुहोस् । जब पानी १२५ मिली बाँकी रहन्छ तब पानीलाई निकाल्नुहोस् । चिसो भईसकेपछि त्यसलाई छानेर पिउनुहोस् । यो औषधि तपाइँले एकदिन बिराएर अर्थात आज खानुभए भोलि छोडेर पर्सि खानुहोस् । र यसमा दुई चम्चा चिनी मिसाएर बिहान खानुहोस् । र यस्को प्रयोगपछि २ घण्टा सम्म केही नखानुहोस् । यस औषधिको प्रभावले तपाइँलाई उल्टि आउन सक्छ , तर औषधि खान नरोक्नुहोस् । एक दिन बिराएर १४ दिनमा ७ दिन खानुहोस् अनि औषधि खान रोक्नुहोस् । केही महिनामा नै बिस्तारै तपाइँको छाला कालो देखिनेछ । यो औषधि एक बर्षमा एकचोटि मात्र प्रयोग गर्नाले निको हुन्छ । यदि कुनै बाँकी भएमा अर्को बर्ष यस औषधिको प्रयोग गर्नुहोस् । प्रायजसो यस औषधिको प्रयोग एकचोटि मै पुग्ने हुन्छ।

पुरक उपचारः
एउटा कागती , एउटा अनार र एउटा स्याउको अलग अलग रस निकालेर राम्ररी मिलाईसकेपछि हरेक दिन एकचोटि पिउनुहोस् । औषधिको प्रयोग गर्नुभन्दा अगाडि २–३ महिनासम्म पिउनाले औषधिको प्रयोग बढि लाभदायक हुन्छ ।

औषधिको प्रयोग विधिः
–औषधि सुख्खा भएको कारणले गर्दा औषधिको सेवनकाल १४ दिनमा मक्खनको घिउ र दुध पिउनु राम्रो हुन्छ।
–यस औषधिको प्रयोग गर्दा सकेसम्म माछा, मासु, रक्सी, धेरै मसला भएको खाना नखानुहोस् ।
–१४ दिनमा कहिलेकाहिं तपाइँलाई उल्टि आउन सक्छ । यसबाट तपाइँ डराउनुहुदैन बरु यसलाई रोग निको हुने लक्षण सम्झिनुपर्छ ।
–रोग निको हुने लक्षणको रुपमा औषधिको सेवनको ३ महिना पछि सेतो दागमा तीलको जस्तो कालो सानो धब्बा देखिन थाल्छ । अनि बिस्तारै दाग या धब्बा नष्ट हुन थाल्छन् र छाला पहिलाको रंगमा नै आउन थाल्छ । यदि कुनै सेतो दाग बाँकी रहेमा पुनः एक वर्ष पछि औषधि प्रयोग गर्न सक्नुहुन्छ ।
परोपकारी दिवान हकीम परमानन्दजीद्वारा निर्देशित यस औषधिबाट १४६ सेतो दुबी रोगबाट पिडितमध्ये १४२ रोगीहरुको रोग निको भइसकेको छ। यसको प्रचार अनमोल योग मानव सेवा भावनाबाट भईरहेको छ । परोपकारी दिवान हकिम परमानन्दजीको निर्दैशन अनुसार यस औषधिको बारेमा जानकारी दिन सबै पाठक वर्गमा अनुरोध गरिएको छ ।
स्रोत ः स्वदेशी चिकित्साको चमत्कार लेख दिवान हकिम परमानन्द नई दिल्लीबाट जारी । यस औषधिको प्रयोग नजिकको चिकित्सक वा वैद्यको सल्लाह अनुसार मात्र गर्नुहोला ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७३१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब पत्थरी आयुर्वेदिक उपचारबाटै ठिक हुने