पाउको सुन्दरताको लागि मिल्क पैडिक्योर, जाडो या गर्मि पाउनुहोस् यसरी सुन्दर र मुलायम पाउ

पाउ धेरैजसो कामको थकान र धुलोमाटोको कारणले गर्दा गन्धयुक्त हुन्छ । पाउलाई मिल्क पैडिक्योरले राम्रो बनाउन सकिन्छ ।आउनुहोस मिल्क पैडिक्योरको तरिकाको बारेमा बुझौँ:
दाग तथा कडापन हटाउने:
दुधमा पाउने लेक्टिक एसिडले छालालाई नरम बनाउँछ । धेरैजसो सौन्दर्यताको लागि उत्पादित बस्तुहरुमा दुधको प्रयोग गरिन्छ । यो दाग हटाउने सबैभन्दा राम्रो उपाय हो ।
नंगहरु सफा गर्नै:
पानीमा भिजाउनाले नंगका छालाहरु नरम हुन्छन् । पहिला तपाइँ आफ्नो नङ्गलाई काट्नुहोस् र नङ्गभित्र सफा गर्नुहोस् । त्यसपछि पाउलाई पैडिक्योर ब्रशले सफा गर्नुहोस् ।
मसाज गर्नेः
पाउको छाला धेरै नै नरम हुन्छ, त्यसैले केहि पनि पाउमा प्रयोग गर्न हामी डराउँछौं । पाउलाई घोटेर सफा गर्नुभन्दा दुधसँग पाउलाई मसाज गर्नु राम्रो हुन्छ । यसबाट पाउ नरम हुनुका साथै पाउको मरेको छाला हटेर जान्छ ।
थकान गायबः
धेरै चलेर हाम्रो पाउ थकित अवस्थामा रहन्छ, त्यसैले मन्तातो पानीमा बास्ना आउने तेल एक दुई थोपा मिसाएर आफ्नो खुट्टा पानीमा डुबाउने गर्नुपर्छ ।
दुधमा पाउलाई भिजाउनेः
पैडिक्योर गर्नुभन्दा अगाडि नङ्गलाई सफा गर्नुहोस् । नङ्गको पोलिसलाई मेटाउनुहोस् । यसपछि सफा पानीले खुुट्टा पखाल्नुहोस् । त्यसपछि तातो पानीमा नुन, चिनी र दुध मिसाएर १५ देखि २० मिनेट सम्म डुबाएर राख्नुहोस् ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७३१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी सधैं बिहान खाली पेटमा जीराको पानी पिउनाले ३ गुना छिटो घट्छ तपाईको वजन (बिधि सहित)