के तपाइँलाई कब्जियतको समयस्या छ ? मिर्गौला रोग पनि हुन सक्छ

kabjiyatकाठमाडौ, २९ कात्तिक – के तपाईलाई कब्जियतको समस्या त छैन । होसियार हुनुहोस्। कब्जियतको समस्या हुने मानिसमा मिर्गौला रोग लाग्न सक्ने तथ्य एक अध्ययनल प्रस्तुत गरेको छ । हालै अमेरिकी सोधकर्ताहरुले गरेको अध्ययनले लामो समयसम्म कब्जियत हुने मानिसमा मिर्गौला रोगको जोखिम बढी हुने तथ्य पत्ता लगाएका छन्  ।  यो अध्ययनको रिपोर्ट ‘जर्नल अफ अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी’मा प्रकाशित हुने तयारीमा रहेको  छ ।

अध्ययनले कब्जियत हुने व्यक्तिमा मिर्गौला रोगको जोखिम १३ प्रतिशतले र मिर्गौला फेलको सम्भावना ९ प्रतिशतले बढ्ने गरेको जनाएको छ । अझ लामो समयसम्म कब्जियतको समस्या हुने मानिसमा दुवैको जोखिम बढी हुने अध्ययनले जनाएको छ ।

कब्जियत हुने मानिसमा पेटको ब्याक्टेरियाका कारण शरीरमा हृदय रोगका साथै विभिन्न रोगको जोखिम बढाउँछ । हालैको अध्ययनले मृगौला रोगको कारक पनि कब्जियत रहेको भेटिएको हो ।

‘हाम्रो अनुसन्धानले गट्स नामक ब्याक्टेरिया र मिर्गौला रोगबीच गहिरो सम्बन्ध भएको देखियो,’ अमेरिकाको टेनिसी विश्वविद्यालयकी सावा कोभेस्डीले भनिन्, ‘यसले मिर्गौलासम्बन्धी विभिन्न रोग उत्पन्न गराउने देखिन्छ ।’

अध्ययनका लागि अनुुसन्धानकर्ताहरुले सन् २००४ देखि लगातार नौ वर्षसम्ममा ३५ लाख मानिसको मिर्गौलाको जाँच गरेका थिए । उनीहरुले मानिसले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर मिर्गौलाको सुरक्षा गर्न सक्ने सुझाव दिएका छन् । उनीहरुले कव्जियतको उपचार तथा रोगको पहिचान गरेर पनि यस्ता समस्याबाट बेलैमा जोगिन सक्ने बताएका छन् ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७३१७:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलद्वारमा यौनसम्पर्क गर्नाले के-कस्ता असर देखा पर्छन् ?