किन पुरुषले महिलालाई धोका दिन्छन्: यस्ता छन् प्रमुख ६ कारण

महिला पुरुष एउटै रथका दुइ पांग्रा भन्ने गरिन्छ । तर कहिलेकाही आपसी मेल नहुँदा एक अर्कालाइ धोका दिइरहेका हुन्छन । शुरुमा सामान्य रुपले दिने गरेको धोका अन्तत सम्वन्धविच्छेद सम्म पुग्दछ ।

कुनै पनि जोडीको सम्बन्धको जग आपसी विश्वास र बुझाईमा बस्ने गर्छ । त्यसमा किन धोका आउने गर्छ । किन एकै साथ काँधमा काँध मिलाएर हिड्नेहरु एक अर्कालाई धोका दिन पुग्छन् । यसमा केही समय अघि गरिएको एक सर्वेक्षणमा महिलाले भन्दा बढि पुरुष मित्रहरु आफ्नो महिला मित्रलाई धोका दिने गरेको पाइएको छ । आखिर किन दिन्छन त पुरुषहरुले महिलालाई धोका ? । पुरुषहरुले महिलालाई धोका दिने मूख्य ६ कारण यस्ता छन्:

why-boy-decive-girls

१. यौन सम्बन्धमा असन्तुष्टि
कुनैपनि जोडीको सेक्स लाईफमा केही समस्या हुन्छ । यस्तोमा गहिरो प्रभाव पुरुषको मनमा पर्छ र दोस्रो महिलाको बारेमा सोच्न थाल्छ ।
एक अध्ययन अनुसार डिभोर्स गर्ने मध्ये अधिकांशको कारण सेक्स असन्तुष्टि नै हुन्छ । दम्पत्तिको डिभोर्सका मौखिक कारण अन्य भए पनि मुख्य कारण यौन असंतुषित नै हुने गरेको छ ।

२. भावनात्मक असन्तुष्टि 
अलग रहने वा धोका दिनुको ठूलो कारण भावनात्मक असन्तोष हुनेगर्छ । पुरुष भावना शून्य हुँदैनन् । उनीहरु पनि भावुक हुन्छन् । जब उसलाई आफ्नो साथीबाट भावनात्मक सहयोग मिल्दैन त्यसपछि उ बाहिर खोज्न लाग्छ । यो नियम दुवै तर्फ लागु हुनेगर्छ ।

 ३. अलग काम गर्ने कोशिस
नयाँ गर्ने कोशिस हरेक पुरुषले गर्ने गर्छन् । पुरुष सधै आफ्नै दैनिक जीवनमा केही नयाँ खोजिरहन्छ अथवा सधै एक रोमान्चक चीजसँग सम्बन्ध गाँस्न चाहान्छ । उ छिटै आफ्नो जीन्दगीको विगतसँग असन्तुष्टि मान्ने गर्छ । जसका कारण सधै उ आफ्नो साथी बदल्न चाहान्छ ।

४. साथीहरु र संगतको प्रभाव
पुरुष जहाँ काम गर्छ त्यहाँ निकै धेरै समय व्यतित गर्ने गर्छ । यसको दौरान महिला सहकर्मीसँग लगाव बढ्नु नौलो कुरा होइन । कामको प्रक्रियामा कुनै पनि महिलासँग पुरुषको भेट हुनु पनि सम्बन्धमा कारक बन्न सक्छ ।

साथीहरुको दबाबमा आएर कयौं पुरुष विवाहपछि पनि अफेयर चलाउँछन् र आफ्नो श्रीमतीलाई धोका दिन्छन् । केही पुरुषलाई आनन्दको रुपमा लिन्छन् । उनीहरुलाई यस्तो हुनुमा कुनै गल्तिभएको लाग्दैन । कुनै पनि सम्बन्धलाई अगाडी बढाउनका लागि सबैभन्दा ठूलो योगदान विश्वास र प्रेमले पुर्याउँछ ।

५. सम्बन्धमा ताजगी नरहनु
सम्बन्धमा ताजापन हरायो भने, केही समयमै सम्बन्ध मर्न सक्छ । कयौं समय पति या पत्निलाई लाग्छ कि उनीहरुको सम्बन्धमा तालमेल मिलेको छैन । उनीहरुबीच रोमान्सको स्थान हुँदैन । यस्तो अवस्थामा पनि पुरुष नयाँ सम्बन्धको खोजीमा लाग्न सक्छ ।

६. आदतहरुमा बुझाई नमिल्नु                                                                                                       कहिलेकाँही पति–पत्निबीचको आदत मिल्दैन । यस्तोमा कयौं पुरुष आफ्नो पत्निको आदतबारे अन्य महिलासँग सार्वजनिक गर्छन् । यस्तो सम्बन्ध साथीको रुपमा परिवर्तन हुने गर्छ र पछि दोस्रो महिलासँग सम्बन्धको रुपमा विकास हुन्छ ।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७३१०:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइँलाई कब्जियतको समयस्या छ ? मिर्गौला रोग पनि हुन सक्छ